कुन्दुज (अफगानिस्तान), १९ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दास्त इ आर्ची पुनःकब्जाको लागि सरकारी सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा शुक्रबार १६ जना तालिवानी आतङ्ककारी मारिएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाडोओदले शनिबार सो जानकारी दिएका हुन् ।
दास्त इ आर्चीमा शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीका क्रममा १६ तालिवान बिद्रोहीको मृत्यु हुनुको साथै अन्य कैयाँै घाइते भएका वाडोओदले समाचारदातालाई बताए ।
तालिवान विरुद्ध दुई दिनसम्म जारी सो भीषण कारबाहीका क्रममा चार जना सुरक्षा अधिकारी भने घाइते भएका छन् ।
यद्यपि तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सो जिल्लाको प्रमुख कार्यालय अझै पनि तालिवान आतङ्ककारीको कब्जामा रहेको पुष्टि गरेका छन् ।
तालिवान आतङ्ककारी समूहले दुई हप्ता अगाडि नै चर्दारा र दास्त ई आर्ची जिल्ला कब्जा गरेका थिए ।
सरकारी सुरक्षाबलले सो जिल्लाहरु पुनः कब्जाको लागि जारी राखेका कारबाहीको क्रममा चर्दारा भने पुनः कब्जा गरिसकेका र दास्त ई आर्ची पुनः कब्जाको लागि कारबाही जारी रहेको बताइएको राससले सिन्ह्वालाई उधृत गर्दै जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा