काठमाडौँ, १९ असार । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खलाअन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ ।
नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा बलर सोमपाल कामीले अन्तिममा चौका प्रहार गरेपछि नेपाल विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १३९ रनको बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले खेल सकिन दुई बल बाँकी छँदै सात विकेटकै क्षतिमा लक्ष्य भेटाएको हो ।
नेपालका लागि कप्तान खड्काले ४० बल खेल्दै सर्वाधिक ५४ रनको योगदान दिए ।
त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल १८, विनोद भण्डारी १३ र शरद भेषवाकरले १२ रन बनाएका थिए भने सागर पुन चार, अनिल मण्डल नौ, सोमपाल कामीले आठ, प्रदीप ऐरीले छ र वसन्त रेग्मीले दुई रन जोडे ।
त्यसैगरी बलिङतर्फ सागर पुन तीन, वसन्त रेग्मी दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने