लण्डन । बेलायती सेनाभित्र हरेक वर्ष हुने राष्ट्रिय सुटिङ प्रतियोगितामा गोरखा सैनिक सार्जेन्ट खगेन्द्र तामाङ उत्कृष्ट ठहरिएका छन् ।
इम्फाल ब्यारेकका तामाङले द आर्मी अपरेसनल सुटिङ प्रतियोगितामा उत्कृष्ट भए वापत क्वीन्स मेडल प्राप्त गरेका छन् । उनलाई राजकुमार आन्ड्रयूले सो पदक हस्तान्तरण गरेको बेलायती सैनिकको आधिकारिक फेसबुक पेजमा आज उल्लेख छ ।
अन्तर्राष्ट्रिय सैनिक टोलीहरुले पनि भाग लिएको सो प्रतियोगितामा वर्चस्व भने बेलायतको सैनिक टोलीको रहृयो ।
प्रतियोगिताको फाइनल खेल बेलायतको सरे काउन्टीअन्तर्गतको बिज्लेस्थित नेशनल राइफल एसोसिएसनको मुख्यालयमा भएको थियो ।
प्रतियोगितामा बेलायत र बेलायत बाहिर अवस्थित बेलायती सेनाका हरेक युनिटले भाग लिने गर्दछन् । पूर्व गोरखा सैनिक बसन्त गुरुङका अनुसार सो प्रतियोगितामा हरेक सैनिकहरुले भाग लिन्छन् र उनीहरुबाट छानिएकाहरु उच्चस्तरको प्रतियोगितामा जाने गर्दछन् ।
युकेसित करिब ९० हजार सैनिक छन् ।
बेलायती सेनाको आधिकारिक फेसबुक पेजका अनुसार करिब १ हजार प्रतिष्पर्धीले भाग लिएका थिए ।
प्रतिष्पर्धामा अपरेसनल सुटिङ कलाका अलाबा रातमा सुटिङ, पेस्तोल र मेसिन गन म्याच, १५ किलोको भारी बोकेर सुटिङ गर्नपर्ने लगायतका विधाहरु रहन्छन् ।
बेलायती सैन्यभित्र ख्यातिप्राप्त मेडल प्राप्त गरेपछि सार्जेन्ट तामाङले भने, “१२ वर्षे तालिममा यो उत्कृष्ट प्रदर्शन थियो । यसअघि पनि म कैयौँपटक विजयको नजिक पुगेको थिएँ ।”
उनले आफ्नो सफलताका लागि परिवारलाई धन्यवाद दिए । तालिमको दौरानमा आफू परिवारबाट टाढा रहँदा पनि परिवारले अतूल्य साथ दिएको उनले उल्लेख गर्न छुटाएनन् ।
सन् १८७४ देखि शुरु भएको प्रतियोगितामा प्रायः हरेक वर्ष गोरखा सैनिकहरुको वर्चस्व रहने गरेको छ । त्यसमा पनि इन्फेन्ट्री बटालियनहरुको बोलवाला नै रहने गर्दछ ।
सिग्नल, लजिस्टिक, इन्जिनियरिङ जस्ता कोर युनिटबाट क्वीन्स मेडल पाउने विरलै छन् । जसमा तामाङ सम्भवतः दोस्रो व्यक्ति भएको पूर्व गोरखा सैनिक गुरुङ बताउँछन् । उनका अनुसार यसअघि लजिस्टिकका देउ रानाले सो मेडल जितेका थिए ।
योर्कमा अवस्थित आफ्नो बटालियनले मेडल जितेकोमा गर्व गर्दै तामाङले अर्को वर्ष पनि सो मेडल जित्ने आशा व्यक्त गरे । “दुई वटा सिग्नल रेजिमेन्टको सहयोगले अर्को वर्ष पनि योर्कको टिमले सफलता हात पार्नेमा म आशा गर्दछु” उनले भने ।
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने