लन्डन । चितवन एड ट्रष्ट (क्याट) आफ्नो ११ औं वार्षिकोत्सव तयारीमा जुटेको छ । १९ जुलाई दिउसो लेकसाइड कम्प्लेक्स, प्लमस्टिडमा हुने वार्षिकोत्सवमा लोकदोहोरी, डिजे, चिट्ठा, गीतसंगीत, वाल खेल आदि विशेष आकर्षण हुने संस्थाले जनाएको छ ।
सन् २००४ जुन २६ मा स्थापित उक्त संस्थाका हाल करिब ५ सय साधारण र एकसय ५० आजीवन सदस्य छन् ।
यसले चितवन जिल्लाका गरिव अनि सिमान्तकृत जनताका लागि आर्थिक सहयोग साथै स्वास्थ्य र शिक्षाका क्षेत्रमा सरहानीय काम गरेको छ । अहिले संस्थाले भूकम्पबाट जिल्लामा क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि आर्थिक संकलन गरिरहेको छ ।
चितवन एड ट्रष्टले स्थापना लगत्तै विभिन्न हेल्थ क्याम्प सञ्चालन, औषधोपचार, मादीमा एम्बुलेन्स हस्तान्तरण आदि कार्य गरिसकेको छ । उसले सन् २००४ मा संस्थापक अध्यक्ष कपिल श्रेष्ठको नेतृत्वमा कबिलास गाउंमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसबाट ५ सय लाभान्वित भएका थिए । त्यसैगरि, सन् २००८ अगष्टमा तत्कालिन अध्यक्ष हिमाल गुरुङको नेतृत्वमा मादीमा स्वास्थ्य शिविर गर्यो जसबाट तीनसय जनता लाभान्वित भए । संस्थाले २००९ मा ३३ जिल्ला पुग्ने गरि रेडियोबाट स्वास्थ्य सम्वन्धि कार्यक्रम एक वर्षसम्म सञ्चालन गरेको थियो भने सन् २०१० मा मादी क्षेत्रका बासिन्दा लाभान्वित हुने गरि नेपाल रेडक्रस सोसाइटीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो । त्यही साल डा. मिन रानाभाटको नेतृत्वमा गौरीगन्जमा स्वास्थ्य शिविर समेत सञ्चालन भयो । शिविरबाट दुई सय लाभान्वित भएको संस्थाको विश्वास छ ।
सन् २०११ मा टुहुरा बालबालिकालाई संरक्षण दिने हाम्रो घर नामक संस्थाको भवन निर्माणमा पनि संस्थाले आर्थिक सहयोग गरेको थियो । त्यस अलवा २०१२ जुलाइमा नेपलिज नर्सिङ एसोसिएसनसंग मिलेर क्याटले देवघाटमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो जसको नेतृत्व कृष्ण तिवारीले गरेका थिए ।
सन् २०१३ मा ग्रामीण भेगमा विद्यालय निर्माणका लागि संस्थाले हेल्प नेपाल नामक संस्थालाई आर्थिक सहयोग समेत उपलव्ध गराएको थियो । संस्थाले अध्यक्ष कृष्ण गुरुङको उपस्थितिमा गत वर्ष चेपाङ वस्तीमा पाठ्य सामाग्री र खाद्यान्न उपलब्ध गराएको थियो । नेपालका बाढी पीडितका लागि समेत सहयोग जुटाइसकेको संस्था अब भूकम्पबाट क्षतिग्रस्त स्कुल र स्वास्थ्य केन्द्र निर्माण गर्न क्रियाशील छ ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस