लन्डन । चितवन एड ट्रष्ट (क्याट) आफ्नो ११ औं वार्षिकोत्सव तयारीमा जुटेको छ । १९ जुलाई दिउसो लेकसाइड कम्प्लेक्स, प्लमस्टिडमा हुने वार्षिकोत्सवमा लोकदोहोरी, डिजे, चिट्ठा, गीतसंगीत, वाल खेल आदि विशेष आकर्षण हुने संस्थाले जनाएको छ ।
सन् २००४ जुन २६ मा स्थापित उक्त संस्थाका हाल करिब ५ सय साधारण र एकसय ५० आजीवन सदस्य छन् ।
यसले चितवन जिल्लाका गरिव अनि सिमान्तकृत जनताका लागि आर्थिक सहयोग साथै स्वास्थ्य र शिक्षाका क्षेत्रमा सरहानीय काम गरेको छ । अहिले संस्थाले भूकम्पबाट जिल्लामा क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि आर्थिक संकलन गरिरहेको छ ।
चितवन एड ट्रष्टले स्थापना लगत्तै विभिन्न हेल्थ क्याम्प सञ्चालन, औषधोपचार, मादीमा एम्बुलेन्स हस्तान्तरण आदि कार्य गरिसकेको छ । उसले सन् २००४ मा संस्थापक अध्यक्ष कपिल श्रेष्ठको नेतृत्वमा कबिलास गाउंमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसबाट ५ सय लाभान्वित भएका थिए । त्यसैगरि, सन् २००८ अगष्टमा तत्कालिन अध्यक्ष हिमाल गुरुङको नेतृत्वमा मादीमा स्वास्थ्य शिविर गर्यो जसबाट तीनसय जनता लाभान्वित भए । संस्थाले २००९ मा ३३ जिल्ला पुग्ने गरि रेडियोबाट स्वास्थ्य सम्वन्धि कार्यक्रम एक वर्षसम्म सञ्चालन गरेको थियो भने सन् २०१० मा मादी क्षेत्रका बासिन्दा लाभान्वित हुने गरि नेपाल रेडक्रस सोसाइटीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो । त्यही साल डा. मिन रानाभाटको नेतृत्वमा गौरीगन्जमा स्वास्थ्य शिविर समेत सञ्चालन भयो । शिविरबाट दुई सय लाभान्वित भएको संस्थाको विश्वास छ ।
सन् २०११ मा टुहुरा बालबालिकालाई संरक्षण दिने हाम्रो घर नामक संस्थाको भवन निर्माणमा पनि संस्थाले आर्थिक सहयोग गरेको थियो । त्यस अलवा २०१२ जुलाइमा नेपलिज नर्सिङ एसोसिएसनसंग मिलेर क्याटले देवघाटमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो जसको नेतृत्व कृष्ण तिवारीले गरेका थिए ।
सन् २०१३ मा ग्रामीण भेगमा विद्यालय निर्माणका लागि संस्थाले हेल्प नेपाल नामक संस्थालाई आर्थिक सहयोग समेत उपलव्ध गराएको थियो । संस्थाले अध्यक्ष कृष्ण गुरुङको उपस्थितिमा गत वर्ष चेपाङ वस्तीमा पाठ्य सामाग्री र खाद्यान्न उपलब्ध गराएको थियो । नेपालका बाढी पीडितका लागि समेत सहयोग जुटाइसकेको संस्था अब भूकम्पबाट क्षतिग्रस्त स्कुल र स्वास्थ्य केन्द्र निर्माण गर्न क्रियाशील छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ