जिनिभा । सन् २०१५ को पहिलो छ महिनामा एक लाख ३७ हजार आप्रवासीले भूमध्यसागर तरी युरोपको यात्रा गरेको र उनीहरूमध्ये प्रायः युद्ध, द्वन्द्व, र कानुनी कारवाहीबाट भाग्ने व्यक्ति भएको संयुक्त राष्ट्र सङ्घले बुधबार जानकारी दिएको छ ।
संयुक्त राष्ट्र सङ्घको शरणार्थीसम्बन्धी संस्थाले एक प्रतिवेदन प्रकाशन गरी युरोप हाल ऐतिहासिक रूपमा सामुद्रिक शरणार्थीहरूको सङ्कटबाट प्रभावित भएको उल्लेख गरेको छ ।
यीमध्ये धेरै शरणार्थीले गैरकानुनी रूपमा मानिस ओसारपसार गर्ने अपराधीको दयामा पुराना डुङ्गामा युरोपको यात्रा पूरा गरेको बताइएको छ । यो सन् २०१४ को तथ्याङ्क अनुसार सोही अवधिका लागि ८३ प्रतिशत बढी भएको बताइएको छ ।
गृष्मको समयमा मौसम सफा हुँदा यस्ता अपराधीले बढी मानिस पठाउने भएकाले दोस्रो छ महिनामा परिस्थिति अझै नराम्रो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायोगले सन् २०१४ मा पहिलो छ महिनाको तुलनामा दोब्बर व्यक्ति यसरी भूमध्यसागर तरी युरोप पुगेको जानकारी दिएको छ ।
यस्ता आप्रवासी बढी रूपमा इटाली र ग्रिसमा पुग्ने गरेका छन् भने त्यसपछि उनीहरू युरोपको उत्तरी भागका मुलुकमा पुग्ने गरेका छन् । यसका कारण त्यहाँका धेरै मुलुकमा आप्रवासीविरोधी आवाज बढ्न थालेको छ ।
संयुक्त राष्ट्र सङ्घका शरणार्थी सम्बन्धी एकाइका प्रमुख आन्तोनियो गुटेरेसले यस्तो डरलाग्दो यात्रा पुरा गर्ने सबै आर्थिक कारण मात्रै त्यहाँ नपुगेको बताएका छन् । उनले यसरी भूमध्यसागर तरेर आउने शरणार्थीमा युद्ध र कारवाहीबाट जोगिन भागेर आउने व्यक्ति पनि भएको बताए । उनले युद्धग्रस्त मुलुक सिरिया, हिंसाग्रस्त मुलुक अफगानिस्तान र दमनकारी शासन व्यवस्था भएको इरिट्रियाबाट पनि आप्रवासी आउने गरेको उल्लेख गरेका छन् ।
यसै गरी द्वन्द्वग्रस्त मुलुक सोमालिया, नाइजेरिया, इराक तथा सुडानबाट पनि ठूलो सङ्ख्या आप्रवासी युरोप पुगेका छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित