जिनिभा । सन् २०१५ को पहिलो छ महिनामा एक लाख ३७ हजार आप्रवासीले भूमध्यसागर तरी युरोपको यात्रा गरेको र उनीहरूमध्ये प्रायः युद्ध, द्वन्द्व, र कानुनी कारवाहीबाट भाग्ने व्यक्ति भएको संयुक्त राष्ट्र सङ्घले बुधबार जानकारी दिएको छ ।
संयुक्त राष्ट्र सङ्घको शरणार्थीसम्बन्धी संस्थाले एक प्रतिवेदन प्रकाशन गरी युरोप हाल ऐतिहासिक रूपमा सामुद्रिक शरणार्थीहरूको सङ्कटबाट प्रभावित भएको उल्लेख गरेको छ ।
यीमध्ये धेरै शरणार्थीले गैरकानुनी रूपमा मानिस ओसारपसार गर्ने अपराधीको दयामा पुराना डुङ्गामा युरोपको यात्रा पूरा गरेको बताइएको छ । यो सन् २०१४ को तथ्याङ्क अनुसार सोही अवधिका लागि ८३ प्रतिशत बढी भएको बताइएको छ ।
गृष्मको समयमा मौसम सफा हुँदा यस्ता अपराधीले बढी मानिस पठाउने भएकाले दोस्रो छ महिनामा परिस्थिति अझै नराम्रो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायोगले सन् २०१४ मा पहिलो छ महिनाको तुलनामा दोब्बर व्यक्ति यसरी भूमध्यसागर तरी युरोप पुगेको जानकारी दिएको छ ।
यस्ता आप्रवासी बढी रूपमा इटाली र ग्रिसमा पुग्ने गरेका छन् भने त्यसपछि उनीहरू युरोपको उत्तरी भागका मुलुकमा पुग्ने गरेका छन् । यसका कारण त्यहाँका धेरै मुलुकमा आप्रवासीविरोधी आवाज बढ्न थालेको छ ।
संयुक्त राष्ट्र सङ्घका शरणार्थी सम्बन्धी एकाइका प्रमुख आन्तोनियो गुटेरेसले यस्तो डरलाग्दो यात्रा पुरा गर्ने सबै आर्थिक कारण मात्रै त्यहाँ नपुगेको बताएका छन् । उनले यसरी भूमध्यसागर तरेर आउने शरणार्थीमा युद्ध र कारवाहीबाट जोगिन भागेर आउने व्यक्ति पनि भएको बताए । उनले युद्धग्रस्त मुलुक सिरिया, हिंसाग्रस्त मुलुक अफगानिस्तान र दमनकारी शासन व्यवस्था भएको इरिट्रियाबाट पनि आप्रवासी आउने गरेको उल्लेख गरेका छन् ।
यसै गरी द्वन्द्वग्रस्त मुलुक सोमालिया, नाइजेरिया, इराक तथा सुडानबाट पनि ठूलो सङ्ख्या आप्रवासी युरोप पुगेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान