
रियाद, १६ असार । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले बुधबार ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने वचन दिएका छन् ।
राजकुमार तलालले एक विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास गर्ने, महिलालाई शसक्त बनाउने, युवालाई सक्षम बनाउने, प्रकोपमा राहत उपलब्ध गराउने तथा बढी सहष्णु तथा स्वीकार्य विश्व विकास गर्न सहयोग गरिने उल्लेख गरेका छन् ।
उनले यो दान आउँदा वर्षमा राम्रोसँग योजना बनाइ खर्च गरिने उल्लेख गरेका छन् । उनले यी रकम कहिले खर्च गरिने भन्ने समय सीमा नभएको बताए । अलवालिदले यससम्बन्धी गुठीको सञ्चालक समितिको अध्यक्ष आफू हुने र त्यसले यो रकम खर्च गर्ने जिम्मेवारी लिने बताएका छन् । उनले यो रकम आफ्नो मृत्युपछि पनि मानवीय परियोजना तथा प्रयासमा खर्च गरिने बताए ।
राजकुमार अलवालिद साउदी राज परिवारका सदस्य र स्वर्गीय राजा अब्दुल्लाहका भतिजा हुन् ।
परम्परावादी इस्लामिक मुलुकका राजकुमार अलवालिद कुनै पनि सरकारी पदमा छैनन् र उनले आर्थिक विषयमा समयसमयमा टिप्पणी गर्ने गरेका छन् । एक पत्रकार सम्मेलनमा उनले बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन तथा अमेरिकाका अन्य लोककल्याणकारी कोषको नमुनामा आफूले यस्तो दृढता व्यक्त गरेको बताए ।
सार्वजनिक रूपमा सेयर कारोबार हुने आफ्नो संस्था किङडम होल्डिङको मुख्यालयको ६६ औँ तलामा उनले यो रकम यस संस्थामा रहेको सम्पत्तिभन्दा पृथक भएको बताए । उनी यस संस्थाको अध्यक्ष हुन् ।
किङडम होल्डिङले युरो डिज्नेदेखि फोर सिजन्स होटेल र सिटिग्रुपमा लगानी गरेको छ ।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा