लन्डन । ट्यूनिसिया, कुवेत र फ्रान्समा शुक्रवार एकैदिन आतंकवादी आक्रमण भएको छ । आक्रमणमा कम्तीमा ५४ को मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार, ट्यूनिसियाको सुस नजिक समुद्री रिसोर्टमा भएको आक्रमणमा कम्तीमा २८ जनाको निधन भएको छ, जसमा विदेशी पर्यटक अत्यधिक थिए । उक्त आतंकवादी आक्रमणमा ६ जना घाइते भएको त्यहांको गृह मन्त्रालयले जनाएको छ ।
गत मार्चमा लडाकुहरुले २२ नागरिकको हत्या गरेपछि ट्यूनिसिया सुरक्षा सतर्कतामा थियो । सुरक्षाकर्मीले एकजना आक्रमणकारीलाई मारिदिएका
छन् ।
उता, कुवेती राजधानीस्थित एउटा मस्जिदमा प्रार्थना भइरहंदा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । इमाम सादिक मस्जिदमा भएको हमलामा २०२ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । आक्रमण हुंदा करिब दुई हजार जना प्रार्थनासभामा सरिक थिए । इस्लामिक स्टेट (आइएस) ले हमलाको जिम्मेवारी लिएको छ ।
यसैबीच, फ्रान्सले लियोन शहर नजिक रहेको एउटा ग्यांस उद्योगमा आतंककारीले एकजनालाई घांटी रेटेर हत्या गरेको सम्वन्धमा अनुसन्धान शुरु भएको जनाएको छ । सुरक्षाकर्मीले संनिग्ध हत्यारालाई गिरफ्तार गरिएको जनाएका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?