ट्यूनिसिया, कुवेत र फ्रान्समा आतंकवादी आक्रमण, कम्तीमा ५४ को मृत्यु

Terrorist-attack-in-sousse-tunisia

लन्डन । ट्यूनिसिया, कुवेत र फ्रान्समा शुक्रवार एकैदिन आतंकवादी आक्रमण भएको छ । आक्रमणमा कम्तीमा ५४ को मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार, ट्यूनिसियाको सुस नजिक समुद्री रिसोर्टमा भएको आक्रमणमा कम्तीमा २८ जनाको निधन भएको छ, जसमा विदेशी पर्यटक अत्यधिक थिए । उक्त आतंकवादी आक्रमणमा ६ जना घाइते भएको त्यहांको गृह मन्त्रालयले जनाएको छ ।
गत मार्चमा लडाकुहरुले २२ नागरिकको हत्या गरेपछि ट्यूनिसिया सुरक्षा सतर्कतामा थियो । सुरक्षाकर्मीले एकजना आक्रमणकारीलाई मारिदिएका 
छन् ।

उता, कुवेती राजधानीस्थित एउटा मस्जिदमा प्रार्थना भइरहंदा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । इमाम सादिक मस्जिदमा भएको हमलामा २०२ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । आक्रमण हुंदा करिब दुई हजार जना प्रार्थनासभामा सरिक थिए । इस्लामिक स्टेट (आइएस) ले हमलाको जिम्मेवारी लिएको छ ।

यसैबीच, फ्रान्सले लियोन शहर नजिक रहेको एउटा ग्यांस उद्योगमा आतंककारीले एकजनालाई घांटी रेटेर हत्या गरेको सम्वन्धमा अनुसन्धान शुरु भएको जनाएको छ । सुरक्षाकर्मीले संनिग्ध हत्यारालाई गिरफ्तार गरिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री