भ्याटिकनद्वारा प्योलस्टाइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर

प्यालेस्टाइनी राष्टपति मोहम्मद अब्बाससंग पोप प्रान्सिस् । फाइल तस्विर

प्यालेस्टाइनी राष्टपति मोहम्मद अब्बाससंग पोप प्रान्सिस् । फाइल तस्विर

भ्याटिकन नगर । भ्याटिकनले शुक्रबार प्यालेस्टाइनसँग पहिलो ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसको दुई वर्षअगाडि भ्याटिकनले प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गरेको थियो ।

उक्त सम्झौता भ्याटिकनको चर्च तथा प्यालेस्टाइनको निन्त्रणमा रहेको होली ल्यान्डमा गरिने क्रियाकलापका विषयमा छ । भ्याटिकनले सन् २०१३ मा प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गरेको थियो र यो उसले प्यालेस्टाइनसँग गरेको पहिलो सम्झौता हो ।

पन्ध्र वर्षसम्मको छलफलपछि तयार भएको यस सम्झौतालाई गत महिना अन्तिम रूप दिइएको हो । यसलाई इजरायलले तीतो रूपमा भत्र्सना गरेको छ र यसले शान्ति प्रक्रियामा प्रभाव पार्ने बताएको छ ।

प्यालेस्टाइन विदेशमन्त्री रियाद अल–मलिकीले शुक्रबार हस्ताक्षर समारोहमा धर्मगुरु पोप फ्रान्सिसको आशीर्वाद नभएको भए यो सम्झौता सम्भव नहुने बताए ।

उहाँले यस सम्झौताले प्यालेस्टाइनलाई क्रिस्चियनवादको जन्मस्थल तथा एकेश्वरवादको उद्गम भएको ठानेको बताए ।

भ्याटिकनका लागि वास्तविक विदेशमन्त्री तथा बेलायती आर्कविसप पल ग्यालेगरले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त समारोहमा प्यालेस्टाइन नगर बेथलहेमका मेयर भेरा बाबुन पनि उपस्थित थिए । बेथलहेममा जिसस क्राइस्टको जन्म भएको मानिन्छ ।

संयुक्तराष्ट्र सङ्घको महासभामा सन् २०१२ को नोभेम्बरमा प्यालेस्टाइनलाई स्वीकार गरिने कुराको पक्षमा मतदान भएपछि भ्याटिकनले पनि उसलाई स्वीकार गरेको छ ।

प्यालेस्टाइनले भ्याटिकलाई आफूलाई स्वीकार गर्ने १३६ औँ मुलुक मानेको छ । इजरायलले यो सङ्ख्यामा विवाद गरेको छ ।

भ्याटिकनले इजरायलसँग सन् १९९३ देखि कूटनीतिक सम्बन्ध स्थापना गरे पनि इजरायलले यहुदी राज्यमा चर्चको अधिकारका विषयमा सम्झौता गरेको छैन । यस विषयमा सन् १९९९ देखि छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री