भ्याटिकन नगर । भ्याटिकनले शुक्रबार प्यालेस्टाइनसँग पहिलो ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसको दुई वर्षअगाडि भ्याटिकनले प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गरेको थियो ।
उक्त सम्झौता भ्याटिकनको चर्च तथा प्यालेस्टाइनको निन्त्रणमा रहेको होली ल्यान्डमा गरिने क्रियाकलापका विषयमा छ । भ्याटिकनले सन् २०१३ मा प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गरेको थियो र यो उसले प्यालेस्टाइनसँग गरेको पहिलो सम्झौता हो ।
पन्ध्र वर्षसम्मको छलफलपछि तयार भएको यस सम्झौतालाई गत महिना अन्तिम रूप दिइएको हो । यसलाई इजरायलले तीतो रूपमा भत्र्सना गरेको छ र यसले शान्ति प्रक्रियामा प्रभाव पार्ने बताएको छ ।
प्यालेस्टाइन विदेशमन्त्री रियाद अल–मलिकीले शुक्रबार हस्ताक्षर समारोहमा धर्मगुरु पोप फ्रान्सिसको आशीर्वाद नभएको भए यो सम्झौता सम्भव नहुने बताए ।
उहाँले यस सम्झौताले प्यालेस्टाइनलाई क्रिस्चियनवादको जन्मस्थल तथा एकेश्वरवादको उद्गम भएको ठानेको बताए ।
भ्याटिकनका लागि वास्तविक विदेशमन्त्री तथा बेलायती आर्कविसप पल ग्यालेगरले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त समारोहमा प्यालेस्टाइन नगर बेथलहेमका मेयर भेरा बाबुन पनि उपस्थित थिए । बेथलहेममा जिसस क्राइस्टको जन्म भएको मानिन्छ ।
संयुक्तराष्ट्र सङ्घको महासभामा सन् २०१२ को नोभेम्बरमा प्यालेस्टाइनलाई स्वीकार गरिने कुराको पक्षमा मतदान भएपछि भ्याटिकनले पनि उसलाई स्वीकार गरेको छ ।
प्यालेस्टाइनले भ्याटिकलाई आफूलाई स्वीकार गर्ने १३६ औँ मुलुक मानेको छ । इजरायलले यो सङ्ख्यामा विवाद गरेको छ ।
भ्याटिकनले इजरायलसँग सन् १९९३ देखि कूटनीतिक सम्बन्ध स्थापना गरे पनि इजरायलले यहुदी राज्यमा चर्चको अधिकारका विषयमा सम्झौता गरेको छैन । यस विषयमा सन् १९९९ देखि छलफल भइरहेको छ ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण