काठमाडौँका विद्यालयमा अझै भग्नावशेष बांकी

134279199_14328148586301n-2

काठमाडाँै  । देशमा विनाशकारी भूकम्प आएको झन्डै दुई महिना बित्न लागिसक्दा पनि काठमाडौँका विद्यालयमा भग्नावशेष हट्न सकेको छैन भने पुनःनिर्माणका लागि सरकारले ठोसकदम पनि नचाल्दा यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थी त्रासको वातावरणमा अध्ययन गर्न वाध्य छन् ।

काठमाडौँका नवआदर्श माध्यमिक विद्यालय, यटखामा रहेका कान्ति ईश्वरी राज्यलक्ष्मी मावि, नन्दीरात्रि माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय आदिको भग्नावशेष हटाउन सरकारले ठोस कदम चालेको छैन भने पुनःनिर्माण त निकैै टाढाको विषय बनिरहेको छ ।

विसं २००४ मा सरकारीस्तरमा स्थापना भएको नन्दीरात्रि माध्यमिक विद्यालय गएको वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट नराम्रोसँग क्षतिग्रस्त भएको छ ।

–ः २४ ः–

अहिले विद्यालयको पूर्वी भागमात्र बाँकी रहेको छ भने पश्चिम, उत्तर तथा दक्षिण भाग पूर्णरुपरूपमा ध्वस्त भएको र विद्यालयले पनि बाँकी रहेको पूर्वी भागमा विद्यार्थीलाई पढाइ भइरहेको सो विद्यालयका निमित्त प्रधानाध्यापक राजेश हुमागाईंले राससलाई जानकारी दिए ।

बाल कक्षादेखि कक्षा १० सम्म पढाइ हुने त्यस विद्यालयमा हाल बाल कक्षादेखि कक्षा ५ सम्म दिवा सेवा र कक्षा ६ देखि १० सम्म रात्रि कक्षा गरी कुल ७०० विद्यार्थी अध्ययनरत रहेको उहाँले बताए ।

निमित्त प्रअ हुमागाईंले थपे – हालसम्म सरकारको तर्फबाट दुईवटा अस्थाइ सिकाइ केन्द्र (टिएलसी) निर्माण गर्नेबाहेक अरुअरू कुनै ठोस सहयोग पाएको छैन । । स्वदेश तथा विदेशबाट भूकम्पपीडितका लागि अर्बौं रकम सहयोग आइसकेको र सरकारले समयमै आर्थिक सहयोग गरी यस विद्यालयको पुनःनिर्माण गर्नुपर्ने औँल्याउँदै आगामी दिनमा नन्दीरात्रि विद्यालयको पुनःनिर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालयको पुनःनिर्माण कार्यमा राधास्वामी सत्सङ्ग व्यासले सहयोग गरिरहेको छ । सो संस्थाले जस्तापाता छाएर दुईवटा अस्थायी टहरा (सेड) निर्माण गरिरहेको र सो टहराको निर्माणकार्य आधा जति सम्पन्न भइसकेको छ ।
छदेखि १२ वटा कक्षा कोठा निकाल्न सकिने टहरा तयार गर्न रु ६० लाख लाग्ने अनुमान गरिएको हुमागाईंले बताउनुभयो । । सो संस्थाबाट सहयोग उपलब्ध गराउन अघि त्यहाँका शिक्षक तथा विद्यार्थीले भग्नावशेष हटाउने र सरसफाइ गरी विद्यालयलाई पूर्ववत् स्थितिमा पु¥याउन कठिन परिश्रम र मेहनत प्रशंसनीय रहेको उनले बताए ।

अर्को एक प्रसङ्गमा उहाँले भूकम्पबाट नागपोखरीमा कुनै क्षति नपुगेको र पानी सुकेको भन्ने गुनासो गलत रहेको बताउँदै नागपोखरीको सरसफाइ भइरहेको जानकारी दिए ।

त्यस्तै, काठमाडौँकै अर्को महत्वपूर्ण विद्यालय भानु माध्यमिक विद्यालयका विद्यार्थी पनि जीर्ण भवन नजिकै अस्थायी टहरा बनाएर पठनपाठन गर्न बाध्य बनेका छन् । । विद्यालयको चारैतिर भग्नावशेषका बीच जस्ताको छाना राखेर बनाइएको टहरामा विद्यालयले गएको जेठ १७ देखि पठनपाठन सुरु गरेपछि विद्यार्थी त्रासकाबीच पढ्न बाध्य छन् । ।

सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्पबाट विद्यालय भग्नावशेषमा परिणत भएपछि देशको ऐतिहासिक विद्यालयको पुनःनिर्माणका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएपनि हालसम्म कुनै जवाफ नआएको बताए ।

विसं १९१० मा स्थापित सो विद्यालय नेपालको पहिलो विद्यालय भएकाले पनि देशको पहिचान दिइरहने भएकाले राजधानीमा अवस्थित एक धरोहर जस्तै महत्वपूर्ण रहेकाले सरकारले पुनःनिर्माणतर्फ चाँडोभन्दा चाँडो ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए । कक्षा १ देखि १० सम्म पढाइ हुने सो विद्यालयमा हाल २२५ विद्यार्थी अध्ययनरत छन् । ।

प्रअ महतोका अनुसार राष्ट्रपति, दातृ निकायका प्रमुखहरुहरूबाट समेत विद्यालयमा निरीक्षण भइसकेको जानकारी दिँदै यो विद्यालय सामान्य विद्यालयमात्र नभई देशकै सम्पत्ति पनि हो । ।

भानु माध्यमिक विद्यालयको पुनःनिर्माण तथा उत्थानका लागि सरकारले हालसम्म ठोस पहल नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले विद्यालयको अगुवाइमा टिसिएल बनाएर पढाइ सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री