
लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसनको यही १७ अक्टुबर २०२५ मा दसैं तथा तिहार विशेष कार्यक्रम हुने भएको छ । पाकिस्तानी कम्युनिटी हलमा शुक्रबार दसैं, तिहार शुभकामना साँझ कार्यक्रम आयोजना गरिने कार्यक्रम सहसंयोजक महेन्द्र आलेले जानकारी दिनुभएको छ ।
कार्यक्रमको मुख्य आकर्षणहरुमा नेपालबाट आएका गायक राजनराज शिवाकोटी, गायिका देवी घर्ती मगर र मोडल तथा चर्चित डान्सर अस्मिता पुरीको प्रस्तुति रहेको छ । गायक शिवाकोटी सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना, गोजीमा दाम छैन, पूर्व पश्चिम रेल, फुलबुट्टे सारी जस्ता चर्चित गीतका सर्जक हुनुहुन्छ ।
यस्तै गायिका घर्ती मगरको मयाली,उही खोलीमा पानी,माया आउने बस,झलीको झलल,माकुर माकुर घुर जस्ता धेरै लोक तथा दोहोरी गीत चर्चित छन् । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । डिजेमा दिपु गुरुङ हुनुहुन्छ ।
कार्यक्रम सॉझ ५ बजेबाट सुरु भएर ११ बजे समापन हुनेछ । कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड र १२ वर्ष मुनिको लागि नि:शुल्क गरिएको छ । साथै स्वादिष्ट नेपाली खानाको परिकारहरुबाट पनि भरपुर मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य संयोजक बालकृष्ण दाहाल (उपाध्यक्ष) रहनुभएको छ । कार्यक्रममा सपरिवारको गरिमामय उपस्थितिका लागि ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्काले निमन्त्रणा दिनुभएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता