
लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसनको यही १७ अक्टुबर २०२५ मा दसैं तथा तिहार विशेष कार्यक्रम हुने भएको छ । पाकिस्तानी कम्युनिटी हलमा शुक्रबार दसैं, तिहार शुभकामना साँझ कार्यक्रम आयोजना गरिने कार्यक्रम सहसंयोजक महेन्द्र आलेले जानकारी दिनुभएको छ ।
कार्यक्रमको मुख्य आकर्षणहरुमा नेपालबाट आएका गायक राजनराज शिवाकोटी, गायिका देवी घर्ती मगर र मोडल तथा चर्चित डान्सर अस्मिता पुरीको प्रस्तुति रहेको छ । गायक शिवाकोटी सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना, गोजीमा दाम छैन, पूर्व पश्चिम रेल, फुलबुट्टे सारी जस्ता चर्चित गीतका सर्जक हुनुहुन्छ ।
यस्तै गायिका घर्ती मगरको मयाली,उही खोलीमा पानी,माया आउने बस,झलीको झलल,माकुर माकुर घुर जस्ता धेरै लोक तथा दोहोरी गीत चर्चित छन् । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । डिजेमा दिपु गुरुङ हुनुहुन्छ ।
कार्यक्रम सॉझ ५ बजेबाट सुरु भएर ११ बजे समापन हुनेछ । कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड र १२ वर्ष मुनिको लागि नि:शुल्क गरिएको छ । साथै स्वादिष्ट नेपाली खानाको परिकारहरुबाट पनि भरपुर मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य संयोजक बालकृष्ण दाहाल (उपाध्यक्ष) रहनुभएको छ । कार्यक्रममा सपरिवारको गरिमामय उपस्थितिका लागि ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्काले निमन्त्रणा दिनुभएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न