लन्डन । साउथ इस्ट लन्डनस्थित चाल्टर्न नेपाली समाजले आगामी ५ जुलाईमा गर्न लागेको वार्षिक समर बीबीक्यू कार्यक्रम भूकम्प पीडितको सहयोगमा समर्पित हुने भएको छ ।
देशमा भूकम्पले पुर्याएको अकल्पनीय क्षति र पीडाबीच भूकम्प पीडितहरुकै लागी सहयोग जुटाउन यस वर्षको कार्यक्रम समर्पित गरिने जानकारी समाजका सचिव टि एन रिजालले दिएका छन् । यस अघि चाल्टर्न नेपाली समाजले नेपालमा तत्कालिन राहत स्वरुप ६ लाख रुपैयां बराबरको राहत सामग्री देशका विभिन्न भागमा वितरण गरिसकेको छ । अबको कार्यक्रमबाट हुने सहयोग पुनस्थापनाको रुपमा पुग्ने जनाइएको छ ।
चाल्टर्न मेरिडियन स्पोर्ट्स क्लवको खुला ग्राउण्ड्मा आयोजना गर्न लागिएको कार्यक्रममा बीबीक्यू खानासहित सांस्कृतिक कार्यक्रम, डिजे, भलिवल प्रतियोगिता लगायत मनोरन्जनात्मक कार्यक्रम समावेश हुनेछ । सबै सुविधाका लागि जनही दश पाउण्ड र पांच देखि ११ वर्षसम्मका बच्चाका लागि ५ पाउण्डमात्र तोकिएको जानकारी उपाध्यक्ष टंक कंडेलले दिए । अबको दुई साता पछि हुन लागेको उक्त ओपन गेट टुगेदर प्रोग्राममा सहभागी भएर पीडितको राहतमा सघाउन समाजले सबैमा आवहान गरेको छ । यस पटक शुपथ मुल्यमा क्यटरिङ्गको जिम्मेवारी संस्थापक अध्यक्ष सुरज केसीले लिएका छन् ।
सप्ताहन्त चाल्टर्न हाउसमा अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले कार्यक्रम आयोजनाको विविध पक्षबारे छलफल गर्दै उक्त निर्णय गरेको हो । बैठकले भूकम्प राहतको वितरणमा तत्कालिन अवस्थामा नेपालमा समाजको तर्फबाट भूमिका निभाउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमै सम्बन्धितहरुबाट नेपालमा राहत वितरण पछिको रिपोर्ट समेत प्रस्तुत गरिएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी