
लन्डन । २० हजार सिट क्षमताको लन्डन नर्थ ग्रीनवीचस्थित विश्वकै विशाल
‘इनडोर’ भेन्यू ओटु एरिनामा नेपालीले बलिउड रकस्टार अतिफ अस्लम ल्याएर कार्यक्रम गर्दैछन् । सम्भवतः नेपालीले ओटु एरिनामा गर्न लागेको यो पहिलो कार्यक्रम हुने आयोजकको दावी छ । कार्यक्रम खर्च करिब ५ लाख पाउण्ड लाग्ने अनुमान छ ।
गायक अस्लमका जिना जिना, तु जाने न, कुच इस तरह, तेरे बीन, जिन्दगी, तेरे होने लगा, पेहेली नजर मे, पिया ओ रे पिया, ओ मेरे खुदा, बखुदा तुम्ही हो, मोहबत वर्षा देना, रंग सर्वतों का लगायत कयौं गीत हिट छन् । गायक अस्लमले तेश्रो पटक ओटु एरिनामा कार्यक्रम गर्न पाउनुलाई विशेष अवसरका रुपमा लिएका छन् । ‘मैले यूकेका दर्शकहरुलाई धेरै सम्झिरहेको छु’, उनले सन्देशमा भनेका छन्, कार्यक्रममा फेरि तपाईंहरु सबैलाई भेट्न म ज्यादै आतुर छु ।’
नेपाली समुदायमा नियमित इभेन्ट गरिरहने पार्टी यूके नेपाल र बलिउड इभेन्ट्समा परिचित फ्लेक्स एफ एक्स प्रोडक्सन मिलेर दर्ता भएको कम्पनी बली क्लव ग्रुपले अस्लमको सहभागितामा ‘बलिउड शो डाउन २०१५’ गर्न लागेको हो । आयोजक बली क्लवका निर्देशक मध्ये एक अमन गौचनले ३० अगष्ट आइतबार कार्यक्रम हुने जनाए । ‘सम्भवतः नेपाली संलग्न भएर त्यत्ति वृहत कार्यक्रम गर्न लागेको यो पहिलो हो’, गौचनले भने, ‘हामी अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाली कार्यक्रम गर्न सक्षम छन् भन्ने सन्देश दिन चाहन्छौं ।’
कार्यक्रममा नोवेल शान्ति पुरस्कार विजेता सम्मिलित बली फ्लेक्स डान्स ग्रुपको दमदार प्रस्तुति र केही लोकप्रिय कलाकारको सहभागिताबारे भने गोप्य राखिएको उनले बताए । चार घण्टा लामो उक्त कार्यक्रमका लागि आज शुक्रबार बिहान ९ बजेदेखि ओटु बक्स अफिसमा अनलाइन टिकट वुकिङ शुरु भएको छ । टिकट मुल्य ३० देखि भिआइपीका लागि ३ सय पाउण्डसम्म हुने गौचनले जानकारी दिए । गौचनलाई कार्यक्रम गर्न विशेष गरि दीप राना र नाज चौधरीले साथ दिएका छन् ।
चौधरी आवद्ध फ्लेक्स एफ एक्स प्रोडक्सनले यसअघि ओटुमै तीनपटक कार्यक्रम गरिसकेको छ । उसले पहिलोपटक बलिउड धमाका एवं दोश्रो र तेश्रो पटक बलिउड शोज् टपर्स गर्दा बलिउड कलाकारहरु मलाइका अरोरा, विपासा बसु, मिका सिंह, हनि सिंह, शाहिद कपुर जस्ता नामी कलाकार स्टेज उतारिसकेको छ । ‘यही विगत इतिहासले पनि हामीलाई कार्यक्रम गर्न सहज भयो र गुणस्तरियता पनि कमी हुने छैन्’, गौचनको विश्वास छ । आर्टिष्टिक डाइरेक्टर नाज चौधरीले पनि अतिफलाई पुनः ल्याउन पाएकामा प्रसन्नता व्यक्त गर्दै कार्यक्रम विगत भन्दा बढि मनोरन्जनात्मक हुने विश्वास व्यक्त गरे ।
पार्टी यूके नेपालका संस्थापक गौचनले ३ सय देखि ३ हजार दर्शक अट्ने बेलायतका विभिन्न हलमा कार्यक्रम गरिसकेका छन् । उनले हालै तीनहजार दर्शक बटुलेर मध्य लन्डनको ट्रोक्सीमा एज ब्याण्डसंग कार्यक्रम गरेका थिए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल