
आमनिर्वाचन अघि सांसद शर्मालाई ज्ञापन बुझाउंदै समितिका संयोजक राई (बायां), सोलिसिटर थापा (सबैभन्दा दायां), मेजर रि. मानबहादुर राई लगायत । तस्विरः शिव भण्डारी
लन्डन । बेलायतको राजनीतिक परिस्थिति (आमनिर्वाचन) र नेपालमा भूकम्पका कारण दुई महिना आन्दोलन निस्तेज पारेका भूपू गोर्खाहरुले यही जुलाइदेखि कडा कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । आफ्ना पूर्ववत ५ माग पुरा नभए पुनः आमरण अनसन थाल्नेसम्मको चेतावनी उनीहरुको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गत मे २५ मा प्रधानमन्त्री डेभिड क्यामरुनलाई ‘फ्रेस’ ज्ञापन दिंदै नयां चरणका कार्यक्रमबारे अवगत गराइसकेको छ ।
ज्ञापनमा समान पेन्सन, क्षतिपूर्ति लगायत माग पूर्ण रुपमा पुरा नगरिए आन्दोलनका कडा कार्यक्रम थाल्ने दावी छ । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका विशेष कार्यक्रम भांड्ने र अर्को वर्ष सन् २०१६ मा पुनः आमरण अनसन शुरु गर्ने आन्दोलनका मुख्य एजेन्डा रहेको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए । ‘हामी सुस्ताएका छैनौं र आफ्ना अधिकारी लिएरै छाड्छौं’, राईको आत्मविश्वास छ ।
प्रधानमन्त्री क्यामरुनलाई बुझाएकै ज्ञापन शनिवार विपक्षी लेवोर पार्टीका सदावहार सांसद (हालसम्म तीनपटक जितिसकेका) वीरेन्द्र शर्मालाई पनि बुझाइएको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई, मेजर रि. मानबहादुर राई र सोलिसिटर राजु थापाले शर्मा निवासमा उक्त ज्ञापन बुझाएका हुन् । ज्ञापन बुझेपछि इलिङ साउथहल सांसद शर्माले भूपू गोर्खाका माग दुई सातापछि शुरु हुने हाउस अफ कमन्स् (संसद) मा वहस गराउने आश्वासन दिएको संयोजक राईले जनाए । शर्माले उक्त ज्ञापन केही समयपछि चुनिने आफ्नो दलका प्रमुख लिडरलाई दिने समेत बताएका छन् । उक्त अवसरमा सोलिसिटर थापाले ३० वर्ष सम्मका अविवाहित वयस्क आश्रित सन्तानहरुलाई आवासीय अधिकार दिने सरकारको नीति विना शर्त अझ खुकुलो बनाइदिनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
गत वर्षको आमरण अनसनपछि बनेको ज्याकी डोयल प्राइस नेतृत्वको सर्वदलीय संसदीय समितिको प्रतिवेदनले भूपू गोर्खाहरुका केही माग सम्वोधन गरेपनि आफ्ना प्रमुख माग यथावत रहेको आन्दोलनरत गोर्खाहरुको ठहर छ । उक्त प्रतिवेदनपछि बेलायत सरकारको ३० वर्ष सम्मका अविवाहित वयस्क आश्रित सन्तानहरुलाई आवासीय अधिकार दिने निर्णयमात्र चित्त बुझ्दो छ । यसमा पनि शर्त भने छन् ।
यसैबीच, भूपू गोर्खाहरु यतिखेर भूकम्प पीडितका लागि राहत र आर्थिक संकलन कार्यमा व्यस्त छन् । समितिले हालसम्म हवाइ उडानबाट ७४०० केजी राहत सामाग्री नेपाल पठाइसकेको र अब पानी जहाजबाट २५ टन नेपाल पठाउने तयारी भइरहेको जनाएको छ । संयोजक राईका अनुसार, हालसम्म करिब १५ हजार पाउण्ड चन्दा समेत संकलन भएको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित