मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ०६:११ | UK Time: 00:26

इलाम सोसाइटी यूकेको वार्षिक भेटघाट

वीनेपाली
२०७२ जेठ २१ गते १:४७

photo

लन्डन । इलाम सोसाइटी यूकेको वार्षिक भेटघाट कार्यक्रम गत शनिवार 
फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् सेन्टरमा सम्पन्न भएको छ । नेपालमा भूकम्पमा परि दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण गरेसंगै कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा सोसाइटीका नयां कार्यकारिणी सदस्यहरुको परिचयसहित विभिन्न सांस्कृतिक प्रस्तुति भए । कार्यक्रममा प्रमुख अतिथी ताप्लेजुङ समाज सेवा यूकेका डा. चन्द्र लक्सम्बा, अतिथी पांचथर समाजसेवा यूकेका नगेन्द्र नेम्वाङ, सोसाइटीका अध्यक्ष कमल राई लगायतले मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा अध्यक्ष राईले सोसाइटीको उद्देश्य र गतिविधिबारे प्रकाश पारे ।

महासचिव मुकेश राईले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालन चोक गुरुङले गरेका थिए । उक्त अवसरमा कलाकारहरुले विभिन्न मौलिक नाच तथा राष्ट्रिय गीत प्रस्तुत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक