लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले बेलायत र नेपालमा पत्रकारिता पुरस्कारको स्थापना गर्ने भएको छ ।
महासंघको शनिबार अल्डरसटमा सम्पन्न साधारण सभाले वरिष्ठ पत्रकारहरुलाई सम्मान र नवपत्रकारहरुलाई प्रोत्साहन गर्न सो पुरस्कार खडा गरेको महासंघका उपाध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए ।
तिगेलाका अनुसार युकेमा पाका पत्रकारलाई वर्षेनी सम्मान र नवपत्रकारलाई पुरस्कार दिइने छ । पुरस्कारको राशी र कार्यविधिका बारेमा कार्यसमितिले थप प्रष्ट पार्ने बताइएको छ ।
उता नेपालमा भने अग्रज आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष आदिवासी जनजाति पत्रकार सम्मान र नवप्रतिभालाई आदिवासी जनजाति पत्रकारिता पुरस्कार दिइने छ । पुरस्कारको राशी १५ हजार रुपियाँ रहेको छ । सो राशी रेडियो बिजीडब्ल्युएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले प्रायोजन गर्ने भएका छन् ।
साधारणसभाले हरेक वर्ष विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसका दिन कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै हरेक जातिमा पत्रकार संघ खोल्ने पनि भएको छ ।
महासंघका अध्यक्ष किरण थेबे लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव प्रमिला राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विधाता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे