लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले बेलायत र नेपालमा पत्रकारिता पुरस्कारको स्थापना गर्ने भएको छ ।
महासंघको शनिबार अल्डरसटमा सम्पन्न साधारण सभाले वरिष्ठ पत्रकारहरुलाई सम्मान र नवपत्रकारहरुलाई प्रोत्साहन गर्न सो पुरस्कार खडा गरेको महासंघका उपाध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए ।
तिगेलाका अनुसार युकेमा पाका पत्रकारलाई वर्षेनी सम्मान र नवपत्रकारलाई पुरस्कार दिइने छ । पुरस्कारको राशी र कार्यविधिका बारेमा कार्यसमितिले थप प्रष्ट पार्ने बताइएको छ ।
उता नेपालमा भने अग्रज आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष आदिवासी जनजाति पत्रकार सम्मान र नवप्रतिभालाई आदिवासी जनजाति पत्रकारिता पुरस्कार दिइने छ । पुरस्कारको राशी १५ हजार रुपियाँ रहेको छ । सो राशी रेडियो बिजीडब्ल्युएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले प्रायोजन गर्ने भएका छन् ।
साधारणसभाले हरेक वर्ष विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसका दिन कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै हरेक जातिमा पत्रकार संघ खोल्ने पनि भएको छ ।
महासंघका अध्यक्ष किरण थेबे लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव प्रमिला राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विधाता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित