लण्डन । बेलायतको विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका नेपाली तथा बेलायती विधार्थीहरुको समूह युनाईट फर नेपालले भूकम्पबाट ध्वस्त नुवाकोट जिल्लाको थप्रेक गाविसस्थित उदय जालपादेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
भुकम्पले पूर्ण क्षति भएको सो विद्यालयलाई कम्प्युटर, प्रिन्टर, कपी, मार्कर, ह्वाइटवोर्ड, डस्टर आदि वितरण गरिएको संस्थाले जनाएको छ ।
करिब ३००विद्यार्थी सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।
अमेरिकामा मुख्य कार्यालय रहेको इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको अन्तर्गत युनाईट फर नेपाल बेलायतको टिमले विद्यालयलाई राहत सामग्रीहरु जुटाएको हो | बेलायतबाट नारायण अधिकारी,हिमाल कार्की, विनु सुबेदी कार्की, कलाकार कालुराम जिम्बा, बिरेन्द्र कार्की, स्मृति मिश्र, लिब्बी विल्किनसन, हाना फारेल, एडिल वेदरली र नेपालबाट माधवराज अधिकारीले युनाईट फर नेपालमा सहोग गरेका थिए ।
गत आइतबार असार १३ गते उदय जालपादेवी माध्यमिक विद्यालयमा इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटले एक कार्यक्रम गरी प्रधानाध्यापक केदार थापा र स्थानीय अभिभावकको माझमा माधवराज अधिकारीले सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । भविष्यमा पनि इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको सहयोगमा युनाईट फर नेपाल टिमले विभिन्न खालको सामाजिक जनचेतनामूलक कार्यक्रम तथा विद्यालयमा सहयोग पुर्याउने बताइएको छ । जसअन्तर्गत विद्यालयलाई टिचिंग मेथड, स्थानीयस्तरमा चेलीबेटी बेचबिखनविरुद्द जनचेतना, पब्लिक हेल्थ, प्राविधिक शिक्षा जस्ता कार्यक्रम आयोजना गरिने छ ।
हाल बेलायतको कुनै एक विद्यालय र उदय जालपादेवी विद्यालयबीच फ्रेन्डशिप रिलेशन स्थापना गराउन पहल भइरहेको बताइएको छ । दुई देशको विद्यालय बीच फ्रेन्डशिप रिलेशन स्थापना हुन गएमा दुवै देशको विद्यार्थीबीच एक आपसमा सम्पर्क हुने माध्यम स्थापना हुने छ र दुवै देशको साँस्कृतिक तथा सामाजिक पक्षका ज्ञान हासिल गर्ने मौका पाउने छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा