लन्डन । २५ हजार विद्यार्थी अध्ययनरत लिभरपुल जोन मोर युनिभर्सिटीका प्राध्यापक डा. पदम सिम्खडा त्यस विश्वविद्यालयको एसोसिएट डिन नियुक्त भएका छन् । आगामी १ अगष्ट, २०१५ देखि लागू हुने गरि सिम्खडा उक्त विश्वविद्यालय अन्तर्गत एजुकेशन, हेल्थ एण्ड कम्युनिटी फ्याकल्टीको एसोसिएट डिन नियुक्त भएका हुन् । सम्भवतः विदेशी विश्वविद्यालयमा डिन हुने सिम्खडा यूकेमै पहिलो नेपाली हुन् । सिम्खडा सन् २०१४ डिसेम्बरमा इन्टरनेशनल पब्लिक हेल्थ विषयको प्रोफेशरका रुपमा उक्त विश्वविद्यालय प्रवेश गरेका थिए ।
उक्त विश्वविद्यालयमा एकसय मुलुकका विद्यार्थी अध्ययनरत छन् भने कर्मचारी संख्या २५०० छ ।
विश्वविद्यालयमा डिन नियुक्तिसंगै सिम्खडाको जिम्मेवारी अरु विशाल बनेको छ । अब विश्वविद्यालय भित्रका चार विभाग नर्सिङ्ग, सेन्टर फर पब्लिक हेल्थ, एजुकेशन र टुरिजम एण्ड हस्पिटालिटी उनको कांधमा हुनेछ । प्रोफेसर सिम्खडाको अण्डरमा ६ सय जना स्टाफ र ६ हजार स्वदेशी तथा विदेशी विद्यार्थी हुनेछन् ।
सन् १९९८ मा बेलायत आएका सिम्खडाले ब्रुनेल युनिभर्सिटीबाट मास्टर्स गरे भने १९९९ देखि २००२ सम्म पढेर साउथह्याम्पटन युनिभर्सिटीबाट पिएचडी । सन् २००२ देखि २०१० सम्म उनी एवरडिन युनिभर्सिटीमा लेक्चरर थिए । सन् २०१० देखि सेफिल्ड युनिभर्सिटीमा सिनियर लेक्चर भएर उनले त्यहां ५ वर्ष प्राध्यापन गरे । उनका अन्तर्राष्ट्रिय जर्नलहरुमा एकसय भन्दा अनुसन्धनात्मक लेख प्रकाशित भइसकेका छन् ।
उनको दि डाइनामिक अफ हेल्थ इन नेपाल नामक पुस्तक समेत प्रकाशित छ । उनी यूकेभन्दा बढि नेपालका लागि विभिन्न प्रोजेक्टमा व्यस्त छन् । उनका तीन प्रोजेक्ट अहिले नेपालमा चालु छन् । उनले दुई वर्ष अघि ग्लोवल हेल्थ अवार्डस् प्राप्त गरेका थिए ।
डा. सिम्खडाकै निरिक्षणमा १२ विद्यार्थीहरुले पिएचडी गरिसकेका छन् भने अहिले ९ जना पिएचडी विद्यार्थी उनको निरिक्षणमा छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने