लन्डन । २५ हजार विद्यार्थी अध्ययनरत लिभरपुल जोन मोर युनिभर्सिटीका प्राध्यापक डा. पदम सिम्खडा त्यस विश्वविद्यालयको एसोसिएट डिन नियुक्त भएका छन् । आगामी १ अगष्ट, २०१५ देखि लागू हुने गरि सिम्खडा उक्त विश्वविद्यालय अन्तर्गत एजुकेशन, हेल्थ एण्ड कम्युनिटी फ्याकल्टीको एसोसिएट डिन नियुक्त भएका हुन् । सम्भवतः विदेशी विश्वविद्यालयमा डिन हुने सिम्खडा यूकेमै पहिलो नेपाली हुन् । सिम्खडा सन् २०१४ डिसेम्बरमा इन्टरनेशनल पब्लिक हेल्थ विषयको प्रोफेशरका रुपमा उक्त विश्वविद्यालय प्रवेश गरेका थिए ।
उक्त विश्वविद्यालयमा एकसय मुलुकका विद्यार्थी अध्ययनरत छन् भने कर्मचारी संख्या २५०० छ ।
विश्वविद्यालयमा डिन नियुक्तिसंगै सिम्खडाको जिम्मेवारी अरु विशाल बनेको छ । अब विश्वविद्यालय भित्रका चार विभाग नर्सिङ्ग, सेन्टर फर पब्लिक हेल्थ, एजुकेशन र टुरिजम एण्ड हस्पिटालिटी उनको कांधमा हुनेछ । प्रोफेसर सिम्खडाको अण्डरमा ६ सय जना स्टाफ र ६ हजार स्वदेशी तथा विदेशी विद्यार्थी हुनेछन् ।
सन् १९९८ मा बेलायत आएका सिम्खडाले ब्रुनेल युनिभर्सिटीबाट मास्टर्स गरे भने १९९९ देखि २००२ सम्म पढेर साउथह्याम्पटन युनिभर्सिटीबाट पिएचडी । सन् २००२ देखि २०१० सम्म उनी एवरडिन युनिभर्सिटीमा लेक्चरर थिए । सन् २०१० देखि सेफिल्ड युनिभर्सिटीमा सिनियर लेक्चर भएर उनले त्यहां ५ वर्ष प्राध्यापन गरे । उनका अन्तर्राष्ट्रिय जर्नलहरुमा एकसय भन्दा अनुसन्धनात्मक लेख प्रकाशित भइसकेका छन् ।
उनको दि डाइनामिक अफ हेल्थ इन नेपाल नामक पुस्तक समेत प्रकाशित छ । उनी यूकेभन्दा बढि नेपालका लागि विभिन्न प्रोजेक्टमा व्यस्त छन् । उनका तीन प्रोजेक्ट अहिले नेपालमा चालु छन् । उनले दुई वर्ष अघि ग्लोवल हेल्थ अवार्डस् प्राप्त गरेका थिए ।
डा. सिम्खडाकै निरिक्षणमा १२ विद्यार्थीहरुले पिएचडी गरिसकेका छन् भने अहिले ९ जना पिएचडी विद्यार्थी उनको निरिक्षणमा छन् ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार