लन्डन । बेलायतस्थित सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले विनाशकारी महाभूकम्पबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । परिषदले लन्डनस्थित नेपाली दूतावासमा एकसमारोहबीच दुई हजार ६०२ पाउण्ड १० पेन्स् (करिब ४ लाख रुपैयां) कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई प्रदान गरेको हो ।
परिषदका वरिष्ठ सहअध्यक्ष तथा राहत संयोजक कोमलप्रसाद श्रेष्ठ मल्ल र पूर्व अध्यक्ष हरिसिंह थापाद्वयको नेतृत्वमा परिषदका पदाधिकारिहरू दूतावास गएर आर्थिक सहयोग प्रदान गरेका हुन् । उक्त अवसरमा सहमहासचिव रिता गौतम, कार्यकारिणी सदस्य एभरेस्ट गौतम र बिमला गौतम लगायत साहित्यकारहरू सहभागी थिए ।
रकम हस्तान्तरणका क्रममा संयोजक मल्लले राष्ट्रिय विपदको घडीमा देश विदेशमा रहेका संघसंस्था वा व्यक्तिहरूले सहयोग गर्ने बेला आएको जनाउंदै राहत सदुपयोग र पारदर्शीतामा नेपाल सरकारले जोड दिनु पर्ने धारणा राखे । कार्यवाहक राजदूत क्षेत्रीले रकम संकलित प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जाने प्रष्ट्याउंदै पारदर्शीतामा विश्वास गर्न आग्रह गरे ।
दूतावासमा रकम हस्तान्तरण गर्नुअघि एबीआइ कलेज एक्टनमा बसेको परिषदको कार्यकारिणी बैठकले नेपालमा महाभूकम्पमा परेर दिवंगत भएका समस्त आत्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले राहतमा नेपाल सरकारलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।
बैठकले परिषदको प्रवक्तामा उपाध्यक्ष वाचस्पति रेग्मी र कार्यकारिणी सदस्यमा साधारण सदस्य विमला गौतमलाई मनोनयन गरेको छ भने कार्यकारिणी सदस्य रिता गौतमलाई सहमहासचिवमा बढुवा गरेको छ । त्यसैगरी बैठकले आगामी जुन महिनामा गर्ने तय भएको यूकेव्यापी साहित्य सम्मेलन वर्तमान देशको दुःखद परिस्थितिका कारण हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।
परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा बसेको बैठकमा कार्यसमिति पदाधिकारी तथा सल्लाहकारहरूको उपस्थिति थियो । उक्त बैठक व्यवस्थापन तथा जलपान प्रायोजन परिषदका सल्लाहकार तथा एबी आइ कलेजका संचालक कृष्ण भट्टले गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य