लन्डन । बेलायतस्थित सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले विनाशकारी महाभूकम्पबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । परिषदले लन्डनस्थित नेपाली दूतावासमा एकसमारोहबीच दुई हजार ६०२ पाउण्ड १० पेन्स् (करिब ४ लाख रुपैयां) कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई प्रदान गरेको हो ।
परिषदका वरिष्ठ सहअध्यक्ष तथा राहत संयोजक कोमलप्रसाद श्रेष्ठ मल्ल र पूर्व अध्यक्ष हरिसिंह थापाद्वयको नेतृत्वमा परिषदका पदाधिकारिहरू दूतावास गएर आर्थिक सहयोग प्रदान गरेका हुन् । उक्त अवसरमा सहमहासचिव रिता गौतम, कार्यकारिणी सदस्य एभरेस्ट गौतम र बिमला गौतम लगायत साहित्यकारहरू सहभागी थिए ।
रकम हस्तान्तरणका क्रममा संयोजक मल्लले राष्ट्रिय विपदको घडीमा देश विदेशमा रहेका संघसंस्था वा व्यक्तिहरूले सहयोग गर्ने बेला आएको जनाउंदै राहत सदुपयोग र पारदर्शीतामा नेपाल सरकारले जोड दिनु पर्ने धारणा राखे । कार्यवाहक राजदूत क्षेत्रीले रकम संकलित प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जाने प्रष्ट्याउंदै पारदर्शीतामा विश्वास गर्न आग्रह गरे ।
दूतावासमा रकम हस्तान्तरण गर्नुअघि एबीआइ कलेज एक्टनमा बसेको परिषदको कार्यकारिणी बैठकले नेपालमा महाभूकम्पमा परेर दिवंगत भएका समस्त आत्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले राहतमा नेपाल सरकारलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।
बैठकले परिषदको प्रवक्तामा उपाध्यक्ष वाचस्पति रेग्मी र कार्यकारिणी सदस्यमा साधारण सदस्य विमला गौतमलाई मनोनयन गरेको छ भने कार्यकारिणी सदस्य रिता गौतमलाई सहमहासचिवमा बढुवा गरेको छ । त्यसैगरी बैठकले आगामी जुन महिनामा गर्ने तय भएको यूकेव्यापी साहित्य सम्मेलन वर्तमान देशको दुःखद परिस्थितिका कारण हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।
परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा बसेको बैठकमा कार्यसमिति पदाधिकारी तथा सल्लाहकारहरूको उपस्थिति थियो । उक्त बैठक व्यवस्थापन तथा जलपान प्रायोजन परिषदका सल्लाहकार तथा एबी आइ कलेजका संचालक कृष्ण भट्टले गरेका थिए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च