लन्डन । यूकेमा अध्ययनरत नेपाली विद्यार्थीले भूकम्पका कारण स्वदेशमा फर्कने वातावरण नभएको जनाउंदै अस्थायी भिसाका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित यहांका विदेशमन्त्री र अन्य प्रभावशाली राजनीतिज्ञहरुलाई सम्वोधन गर्दै थालिएको अनलाइन अभियानमा २५ अप्रिल र १२ मेका दुई शक्तिशाली भूकम्पले करिब ९ हजारको ज्यान गएको, सिंगो देश क्षतविक्षत भएको र लाखौं मानिस प्रभावित भएको अवस्थामा देश फर्कन सहज नभएको भन्दै विद्यार्थी र कामदारलाई कम्तीमा दुई वर्षको अस्थायी आवासीय अधिकार दिन माग छ ।
यसअघि एनआरएनए यूकेले यूके भिजा एण्ड इमिग्रेसनलाई यस्तै व्यवहोराको पत्र पठाउंदै विद्यार्थीलाई तत्काल नेपाल फिर्ता नपठाइदिन आग्रह गरेको थियो । तर, एनआरएनए यूकेको उक्त पत्रलाई केही तप्काले अलिक हतारमा प्रेसित गरिएको भन्दै प्रभावकारीताबारे आंशका गरेका थिए ।
लन्डनस्थित ग्लाइन्डर युनिभर्सिटीका स्टुडेन्ट एम्बेसडर गणेश खड्काले चेन्ज डट अर्गमार्फत अनलाइन हस्ताक्षर शुरुवात गरेका हुन् । हाल उक्त साइटमा समाचार तयार पार्दासम्म ७८२ हस्ताक्षर पुगिसकेको छ । खड्काले जति हस्ताक्षर बढि भयो उति सरकारले आफ्ना गुनासा सुन्ने भएकाले तलको लिंकमा गएर सबैलाई हस्ताक्षर गर्न भनेका छन् । ‘एक मिनेटको जांगरले ठूलो परिवर्तन ल्याउन सक्छ’, खड्काले भने, ‘देशको त्यस्तो विषम परिस्थितिमा विद्यार्थी नेपाल फर्कनुपर्ने अवस्था आए त्यसले झन् विकराल स्थिति लिन सक्ने भएकाले हामीले अभियान थालेका हौं ।’
खड्काले चेन्ज डट अर्गमा हस्ताक्षरकै कारण मलाला नोवेल शान्ति पुरस्कारका लागि मनोनित भएको, कतारमा गिरफ्तार दुई मानवअधिकारकर्मी गुणदेव घिमिरे र कृष्ण उपाध्यायलाई सकुशल फिर्ता ल्याइएको, इरानी कारागारमा रहेका इरानी मुलका बेलायतीलाई मुक्त गराइएको, एक परिवारलाई आफ्नो सन्तानको अन्त्येष्टीमा यूके आउन भिसा दिलाएको जस्ता उदाहरण समेत प्रस्तुत गरेका छन् ।
अभियानमार्फत प्रधानमन्त्री क्यामरुन, विदेशमन्त्री फिलिप ह्यामण्ड, स्कटिश नेशनल लिडर निकोला स्टरजनलाई यस्तो बेला नेपाल र नेपालीप्रति ऐक्यवद्धता र सक्दो सहयोग गर्न जोड दिइएको छ । नेपालको अवस्था सांच्चिकै दयनीय भएको र अधिकांश विद्यार्थीले आफ्नो घरसहित सर्वस्य गुमाएको पनि स्मरण गराइएको छ ।
हस्ताक्षरका लागि तल लिंकमा जानुस्
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो