लन्डन । साउथ इष्ट लण्डनको ऊलवीचस्थित कैलाश मोमो रेस्टुरेन्टले नेपालमा गएको विनाशकारी भूकम्प पछि मानवीय राहत सामग्री जुटाउन सक्रियता देखाएको छ । विपत्तिपछि नर्स र भोलेन्टियर टिम खडा गरि नेपाल पठाइसकेको उक्त रेष्टुरेन्टले गत ४ तारिख बेलुका मोमो बेचेर थप २ हजार २ सय २० पाउण्ड संकलन गरेको छ ।
उक्त रकम हाल नेपालमा खटिएको रेष्टुरेन्टको स्वयंसेवक टिममार्फत पीडितहरुको राहतका लागि खर्च गरिनेछ । उक्त टिमले भूकम्प प्रभावित गाउंमा गएर औषधि उपचारसहित साथमा दाल, चामल र करिब ३०० भन्दा बढी पाल वितरण गरिसकेको छ । भूकम्प पीडितहरुलाई थप सहयोग गर्न कैलाशका
सञ्चालक तेन्जिंग डाक्पा र केहि नेपाली युवा युवती कम्मर कसेर अगाडि बढिरहेका छन् । पीडितहरुको राहतमा ब्रिटेनबाट नमी थापा आफ्नो टिमको नेतृत्व गरेर हाल नेपालमा सेवा गर्दै छिन् भने यहां आविस्कार सेन्चुरी, गौरव श्रेष्ठ र कैलाशका संचालक तेन्जिंग आफैं थप मद्दत जुटाउन लागिपरेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?