लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले आफ्नो समानताको आन्दोलन केही समय स्थगित गर्ने निर्णय गरेको छ ।
नेपालको विनाशकारी महाभूकम्प र बेलायतमा भोलि बिहीबार आम निर्वाचन आइरहंदाको परिस्थिति मध्यनजर गर्दै समितिले आगामी जुन २६ तारिखसम्म कुनै पनि कार्यक्रम नगर्ने सर्वसम्मत निर्णय गरेको हो । नवगठित सरकारलाई नौलो परिस्थितिमा नौला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या सम्बोधन गर्न केही नयां नीति तथा कार्यक्रमहरु बनाउन, त्यसमा निर्णय लिन र सरकारले सामान्य रुपमा कार्य सम्पादन गर्न केही समय लाग्नु स्वभाविक भएको ठहर गर्दै समिति आन्दोलन निस्तेज गर्ने निष्कर्षमा पुगेको संयोजक कृष्णबहादुर राईले जनाए । त्यस पछि भने पूर्ण समानता प्राप्त नभएसम्म गोर्खा सत्याग्रहले आफ्नो आन्दोलन जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
यस सम्वन्धि निर्णय गर्न समितिका संयोजक राईको अध्यक्षतामा गत ३ मे २०१५ का दिन नर्थओल्ट, लन्डनमा केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गरेको छ । बैठकले नेपालमा भूकम्प पीडितलाई के कति सहयोग गर्ने भन्ने चाहिं निर्णय लिएन ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च