लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले आफ्नो समानताको आन्दोलन केही समय स्थगित गर्ने निर्णय गरेको छ ।
नेपालको विनाशकारी महाभूकम्प र बेलायतमा भोलि बिहीबार आम निर्वाचन आइरहंदाको परिस्थिति मध्यनजर गर्दै समितिले आगामी जुन २६ तारिखसम्म कुनै पनि कार्यक्रम नगर्ने सर्वसम्मत निर्णय गरेको हो । नवगठित सरकारलाई नौलो परिस्थितिमा नौला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या सम्बोधन गर्न केही नयां नीति तथा कार्यक्रमहरु बनाउन, त्यसमा निर्णय लिन र सरकारले सामान्य रुपमा कार्य सम्पादन गर्न केही समय लाग्नु स्वभाविक भएको ठहर गर्दै समिति आन्दोलन निस्तेज गर्ने निष्कर्षमा पुगेको संयोजक कृष्णबहादुर राईले जनाए । त्यस पछि भने पूर्ण समानता प्राप्त नभएसम्म गोर्खा सत्याग्रहले आफ्नो आन्दोलन जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
यस सम्वन्धि निर्णय गर्न समितिका संयोजक राईको अध्यक्षतामा गत ३ मे २०१५ का दिन नर्थओल्ट, लन्डनमा केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गरेको छ । बैठकले नेपालमा भूकम्प पीडितलाई के कति सहयोग गर्ने भन्ने चाहिं निर्णय लिएन ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल