बोलेको पैसा दिन एनआरएनए यूकेको ताकेता, हालसम्म एक करोड ८० लाख

एनआरएनए यूके टोली उद्दार तथा राहतमा

एनआरएनए यूके टोली उद्दार तथा राहतमा

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भूकम्प पीडितहरुको राहतका लागि हालसम्म एक करोड ८० लाख रुपैयांको वचन पाएको छ । अध्यक्ष महेन्द्र कंडेलका अनुसार, मंगलबारसम्म उक्त रकम बराबरको प्रतिवद्धता आएको हो । तर, चन्दा बोल्नेमध्ये धेरैले पैसा दिइ नसकेकाले जतिसक्दो छिटो व्यवस्था गरिदिन संघले आग्रह गरेको छ । ‘साथीहरुले स्वतस्फूर्त सहयोगको वचन दिइरहनु भएको छ,’ कंडेलले भने, ‘म सहयोगीप्रति हार्दिक आभारसहित दिन बांकी साथीहरुलाई छिटो उपलव्ध गराइदिन समेत आग्रह गर्दछु ।’

पीडितहरुलाई तत्काल राहत आवश्यक परेकाले संघले ताकेता गरेको हो । प्राकृतिक विपत्तिको बेला भएको र परिपक्व व्यक्तिले बोलेका कारण पैसा उठ्नेमा भने संघ आशावादी छ ।

पूर्व अध्यक्ष योगेन क्षेत्रीले अकाउण्ट हस्तान्तरण नगरेका कारण आफ्नै खाता नभएको र इच्छुक दाताहरुले पैसा जम्मा गर्न नसकिरहेको गुनासो कंडेलको छ । ‘आज भोलिमा नयां खाता खोल्ने प्रक्रिया सकिन्छ । तर, पनि हामीले प्राप्त नगद नेपाल पठाइरहेका छौं’, कंडेलले भने ।

संघले पीडितहरुका लागि रक्सौलबाट दुई सय त्रिपाल नेपाल लगिसकेको र यो साताभित्र चारसय स्लिपिङ ब्याग र टेन्ट बेलायतबाट पठाउने तयारी भएको समेत जनाएको छ ।

गैर आवासीय नेपाली संघ, केन्द्रसंग समन्वय गरेर हाल एनआरएनए यूकेका ७ जना पदाधिकारी एवं सदस्य उद्दार तथा राहतमा लागिरहेको पनि संघले बताएको छ ।

हालसम्मको सहयोग एवं प्रतिवद्धता

NEPAL EARTHQUAKE RELIEF FUND:
LIST OF DONORS AND THEIR COMMITMENT:
1. UTTAM NEPAL NPR 51,00,000.00
2.KUL ACHARYA NPR 5,00,000.00
3. PROF DR SURYA SUBEDI NPR 5,00,000.00
4. MAJ.RTD. DAMBER GHALE NPR 1,00,000.00
5. PROF.DR PADAM SIMKHADA NPR 5,00,000.00
6. MAHENDRA KANDEL NPR. 5,00,000.00
7. SURENDRA SHRESTHA AND SOC. NPR. 5,00,000.00
8. RAMSARAN SIMKHADA AND SOC. 5,00,000.00
9. BINOD GYWALI NPR. 50,000.00
10. LALIT NEUPANE NPR 1,50,000.00
11. R K TRIPATHI NPR 50,000.00
12. ARJUN KATUWAL NPR 30,000.00
13. THAKUR SHARMA NPR 30,000.00
14 DR KESHAB BHATTARAI AND DR SANTOSH BHATTRAI NPR 45,000.00
15. RUDRA PAUDEL NPR 18,750.00
16. DR RAMMANI BHURTEL NPR 45,000.00
17. BISHOW ADARSH PANDIT NPR 1,00,000.00
18. THARK SEN NPR 51,000.00
19. B P KHANAL NPR 2,00,000.00
20. KRISHNA BHATTA NPR 5,55,055.00
21. SHOBHA SUBEDI KATUWAL NPR 15,000.00
22. RARA CATERERS Nepalese Caterer in London NRS. 100,000.00
23. BIJAN BHATTA NPR. 50,000.00
24. KRISHNA TIMILSINA NPR. 5,15,000.00
25. SUSHMA RAI NPR 1,00,000.00
26. SHANTI THAPA NPR 1,00,000.00
27. SURAJ KC NPR 50,000.00
28. LAKSHAYA GURUNG NPR 1,00,001.00
29. PASHUPATI BHANDARI EVEREST INN GROUP NPR. 7,00,000.00
30. HOLY COW GROUPS NPR. 7,00,000.00
31. SURYA GURUNG NPR. 1,50,000.00
32. MILAN BHATTARAI NPR. 50,00,000.00

33. Pasa pucha Guthi £ 2500

34. Kapilvastu Samaj UK £2851

 TOTAL NPR. 180 Lacs (Approx.)

प्रतिक्रिया

सम्बन्धित सामाग्री