काठमाडौ। महाभुकम्पका कारण नेपालले खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनशिपका खेलहरु झन्डै डेढ महिना पछाडि सरेको छ ।
नेपालले जुन १० र १२ मा स्कटल्यान्डसँग खेलेर विश्व क्रिकेट लिग च्याम्पियनशिपको यात्रा प्रारम्भ गर्दै थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार नयां खेल तालिका निकाल्दै नेपालको स्कटल्यान्डसँगको खेल जुलाई २५ र २७ मा सारेको छ । खेल स्थल अझै आईसीसीले तय गरेको छैन्।
नेपालले भूकम्पका कारण देखाउँदै स्कटल्यान्डलाई खेल सार्न अनुरोध गरेको थियो । स्कटल्यान्डले त्यो अनुरोध आईसीसीलाई गरेपछि नयां मिति तय भएको हो।
नेपालले जुलाई १० देखि २३ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने विश्व ट्वान्टी-२० छनोटमा खेल्दै छ। त्यसको २ दिनपछि स्कटल्यान्डसँग च्याम्पियनशिपमा खेल्ने भएको हो।
च्याम्पियनशिपमा नेपाल, स्कटल्यान्डसँगं हङकङ, पपुवा न्यु गिनी, नामिबिया, नेदरल्यान्ड्स, युएई र केन्या प्रतिस्पर्धा गर्नेछन् । झन्डै डेढ वर्षसम्म चल्ने च्याम्पियनशिप २०१९ को विश्वकप छनोटको आधार पनि हो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे