लण्डन । लिम्बुवान नागरिक समाज युकेले आफ्नो स्थापनाको छैठौ वर्षको अवसर पारेर एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।
आस्फोर्डस्थित बकहेङ्गर कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष दिल सम्बाहाम्फेको अध्यक्षता र पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार प्रसाद थेबेको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रमका काजिमान यक्सो- किरात याक्थुङ चुम्लुङ युके, कमला लिम्बु- माङ्गेन्ना चुम्लुङ युके, सबिन तुम्बाहाम्फे- विश्व लिम्बु सांस्कृतिक महासंघ युके, छत्रसिङ तेयुङ- तेह्रथुम समाज युके, लक्ष्मी घिसिङ- ताप्लेजुङ समाज युके, बिजय लिङ्थेप- संखुवा सभा समाज युके लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रम संयोजक डम्बर सिङगकले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
लिम्बुवान आन्दोलनका निम्ती नैतिक र आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको सो कार्यक्रम चुम्लुङ आश्फोर्ड शाखाका केलाङ समूहका कलाकारहरुहरुको च्याब्रुङ नृत्यसंगै सुरु भएको मनोरन्जनात्मक कार्यक्रममा स्थानीय कलाकार मान तबेबुङ, सुनिता थेबे र दुर्गा पाङ्माले पनि गीत गाएर मनोरन्जन दिलाएका थिए भने लन्डन ब्लान्ड्फोर्ड् निवासी रज्जु सुब्बा (इजम ) ले “एउटा बत्ती बले यहाँ धर्ति जगमगाउछ”, “उडु कि गुडु म” जस्ता चर्चित नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गरेर कार्यक्रममा रोचकता थपेकी थिइन् । कार्यक्रममा चुम्लुङ आस्फोर्ड ब्रान्चका अध्यक्ष पूर्ण मादेन र सेरु लिम्बुले राफल ड्र सन्चालन गरेका थिए ।
“लिम्बुवान” एउटा ऐतिहासिक भुगोलको नामलाई कुनै जातिसँग ऐतिहासिक पृष्ठभूमि मिल्न जाँदैमा जातिय रङ भरेर पहिचानलाई ओझेलमा पारिएको र अहिलेको राजनीतिका विभिन्न वादहरुले आदिवासी जनजातिहरुको पहिचानका मुद्दाहरु बर्बाद मात्र बनाएको गुनासो प्रमुख अतिथि प्रसाद थेबेले पोखे । लिम्वुवानका राजनितिक पार्टीहरु एक नभै लिम्वुवानी राज्य स्थापनाको माग सम्भव हुन नसक्नेमा अध्यक्ष दिल सम्बाहाम्फेले जोड दिए ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल