लन्डन । बेलायती विदेशमन्त्री फिलिप ह्यामण्डले नेपालको महाभूकम्पले निम्त्याएको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो विपदको बेला बेलायतले साथ दिने बताएका छन् । मंगलबार लन्डनस्थित नेपाली दूतावास पुगेका ह्यामण्डले शोक पुस्तिकामा हस्ताक्षर गर्दै बेलायती जनताको तर्फबाट समवेदना समेत प्रकट गरे ।
यसअघि राजकुमार विलियम समेत दूतावास पुगी दुःख व्यक्त गरेका थिए । उनले नेपालमा अन्तर्राष्टिय समुदायको सहयोगप्रति चासो समेत व्यक्त गरेका थिए ।
नेपालको भूकम्प पीडितका लागि ब्रिटेनले ठूलो आर्थिक सहयोग घोषणा गरिसकेको छ । उसले ५ मिलियन पाउण्ड अर्थात करिब ८५ करोड रुपैयां सहयोग घोषणा गरेको छ भने बेलायती जनताले पनि यसमा ठूलो उदारता देखाएका छन् ।
अभिनेत्री जोआना लुम्लेले शुरु गरेको अभियानमा ८७ हजार जनताले तेत्तिस मिलियन पाउण्ड अर्थात ५ अर्व रुपैयां बढि चन्दा दिइसकेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?