लन्डन । बेलायती विदेशमन्त्री फिलिप ह्यामण्डले नेपालको महाभूकम्पले निम्त्याएको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो विपदको बेला बेलायतले साथ दिने बताएका छन् । मंगलबार लन्डनस्थित नेपाली दूतावास पुगेका ह्यामण्डले शोक पुस्तिकामा हस्ताक्षर गर्दै बेलायती जनताको तर्फबाट समवेदना समेत प्रकट गरे ।
यसअघि राजकुमार विलियम समेत दूतावास पुगी दुःख व्यक्त गरेका थिए । उनले नेपालमा अन्तर्राष्टिय समुदायको सहयोगप्रति चासो समेत व्यक्त गरेका थिए ।
नेपालको भूकम्प पीडितका लागि ब्रिटेनले ठूलो आर्थिक सहयोग घोषणा गरिसकेको छ । उसले ५ मिलियन पाउण्ड अर्थात करिब ८५ करोड रुपैयां सहयोग घोषणा गरेको छ भने बेलायती जनताले पनि यसमा ठूलो उदारता देखाएका छन् ।
अभिनेत्री जोआना लुम्लेले शुरु गरेको अभियानमा ८७ हजार जनताले तेत्तिस मिलियन पाउण्ड अर्थात ५ अर्व रुपैयां बढि चन्दा दिइसकेका छन् ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य