लन्डन । गोरखाली समाज यूकेले भूकम्प पीडितहरुका लागि आर्थिक संकलन अभियान शुरु गरेको छ । समाजको आकष्मिक बैठकले तत्काललाई चार हजार पाउण्ड सहयोग गर्ने निर्णय गर्दैै राहत सामाग्री संकलनमा जोड दिने सहमति भएको छ ।
समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा बसेको बैठकले उक्त चारहजार पाउण्ड गोरखाली यूथको मेडिकल टिमलाइ दिने निर्णय गरेको हो ।
उक्त मेडिकल टिमले गोरखाको भच्याक केन्द्रबिन्दु बनाई स्वस्थ्य शिविर खडा गरि घाइतेहरुको निशुल्क उपचार गर्ने छ । उक्त टोलीमा डाक्टर, नर्स, प्यारामेडिक, स्वयंसेवक गरि १६ जनाको टिम हुनेछ ।
समाजले ५ जनाको उच्चस्तरिय राहत उद्दार समिति गठन गरेको छ । उक्त समितिमा क्याप्टेन रणध्वज राना, विष्णु तामांग, विकल आचार्य, थम प्रसाद गुरुंग र डाक्टर राजु बाबु श्रेष्ठ छन् । उक्त समितिले जिल्लामा भएको धनजनको क्षतिबारे सत्यतथ्य रिपोर्ट संकलन गरि समाजलाई जानकारी गराउने छ भने भूकम्प पीडितलाई समाजले सकेको राहत सामाग्री संकलन गरि जिल्लामा पठाउन समाजलाई सहयोगकारी भूमिकाको काम गर्नेछ ।
समाजले यूकेमा रहेका सम्पूर्ण जिल्लावासीलाई सकेको चन्दा दिन अपिल गर्दै हालसम्म संकलित लत्ता कपडा, टेन्ट, अति आवश्यक औषधि लगायत समान जिल्लामा पठाउन कार्गोको व्यवस्थापन गरिरहेको छ ।
उक्त बैठकमा डा. राघवप्रसाद धिताल, सल्लाहकार डा. राजुबाबु श्रेष्ठ, क्याप्टेन रणध्वज राना, विष्णु तामांग, विकल आचार्य, थम प्रसाद गुरुंग, टकमान गुरुंगसहित हरिभक्त न्यौपाने, धन दर्लामी, गोरखाली यूथका कोअर्डिनेटर नवीन गुरुंग, बारपाक समाज यूकेका सचिव जित घले, समाजसेवी ध्रुव केसी, कोडेक यूकेका सचिव शंकर दाहाल, नेपाली दूतावास लन्डनका प्रमोद टन्डन लगायत कार्यसमिति उपाध्यक्ष कर्ण दर्लामी, कोअर्डिनेटर सचिन श्रेष्ठको उपस्थिति थियो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य