लन्डन । गोरखाली समाज यूकेले भूकम्प पीडितहरुका लागि आर्थिक संकलन अभियान शुरु गरेको छ । समाजको आकष्मिक बैठकले तत्काललाई चार हजार पाउण्ड सहयोग गर्ने निर्णय गर्दैै राहत सामाग्री संकलनमा जोड दिने सहमति भएको छ ।
समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा बसेको बैठकले उक्त चारहजार पाउण्ड गोरखाली यूथको मेडिकल टिमलाइ दिने निर्णय गरेको हो ।
उक्त मेडिकल टिमले गोरखाको भच्याक केन्द्रबिन्दु बनाई स्वस्थ्य शिविर खडा गरि घाइतेहरुको निशुल्क उपचार गर्ने छ । उक्त टोलीमा डाक्टर, नर्स, प्यारामेडिक, स्वयंसेवक गरि १६ जनाको टिम हुनेछ ।
समाजले ५ जनाको उच्चस्तरिय राहत उद्दार समिति गठन गरेको छ । उक्त समितिमा क्याप्टेन रणध्वज राना, विष्णु तामांग, विकल आचार्य, थम प्रसाद गुरुंग र डाक्टर राजु बाबु श्रेष्ठ छन् । उक्त समितिले जिल्लामा भएको धनजनको क्षतिबारे सत्यतथ्य रिपोर्ट संकलन गरि समाजलाई जानकारी गराउने छ भने भूकम्प पीडितलाई समाजले सकेको राहत सामाग्री संकलन गरि जिल्लामा पठाउन समाजलाई सहयोगकारी भूमिकाको काम गर्नेछ ।
समाजले यूकेमा रहेका सम्पूर्ण जिल्लावासीलाई सकेको चन्दा दिन अपिल गर्दै हालसम्म संकलित लत्ता कपडा, टेन्ट, अति आवश्यक औषधि लगायत समान जिल्लामा पठाउन कार्गोको व्यवस्थापन गरिरहेको छ ।
उक्त बैठकमा डा. राघवप्रसाद धिताल, सल्लाहकार डा. राजुबाबु श्रेष्ठ, क्याप्टेन रणध्वज राना, विष्णु तामांग, विकल आचार्य, थम प्रसाद गुरुंग, टकमान गुरुंगसहित हरिभक्त न्यौपाने, धन दर्लामी, गोरखाली यूथका कोअर्डिनेटर नवीन गुरुंग, बारपाक समाज यूकेका सचिव जित घले, समाजसेवी ध्रुव केसी, कोडेक यूकेका सचिव शंकर दाहाल, नेपाली दूतावास लन्डनका प्रमोद टन्डन लगायत कार्यसमिति उपाध्यक्ष कर्ण दर्लामी, कोअर्डिनेटर सचिन श्रेष्ठको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च