लन्डन । फार्नवोरोस्थित एक भूपू गोर्खाले गुड नेवर अवार्ड २०१५ पाएका छन् । ६८ वर्षीय मान गुरुङले ह्याम्पसायर काउन्टी काउन्सिलबाट प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेका हुन् । ११ औं गुड नेवर अवार्ड गत २८ अप्रिल विनचेष्टरस्थित ग्रेट हलमा विशेष समारोहबीच प्रदान गरिएको थियो ।
ह्याम्पसायरका छिमेकी र स्वयंसेवकहरुले समुदाय र आफ्ना लागि गरेको योगदानका आधारमा कुनै व्यक्तिलाई मनोनयन गरेपछि उक्त अवार्ड दिइन्छ ।
‘अवार्ड पाएकामा मलाई औधि खुशी लागेको छ’, गुरुङले भने, ‘समारोह पनि भव्य थियो, मलाई यसमा गर्व छ ।’
छिमेकी बारबरा एल्डेले आफ्नो तीनवटा मुख्य अप्रेशन भएका बेला चिकित्सकसम्म जाने, प्रिस्सक्रिप्सन संकलन र सपिङ समेत गरिदिएको भन्दै गुरुङलाई मनोनयन गरेकी थिइन् । ‘गुरुङले गार्डेनको रेखदेखदेखि कहिलेकाहीं म असक्त महशुस हुंदा पनि उनले आत्मैदेखि सहयोग गरे’, एल्डेले भनेकी छिन् ।
सन् २००६ यता फार्नवोरो बस्दै आएका गुरुङ ६८ वर्ष लागेपनि बडो सक्रिय छन् । उनकै शब्दमा उनलाई कहिलेकाहीं आफू २० को हाराहारीमै छु जस्तो महशुस हुन्छ रे ।
ह्याम्पसायर काउन्टि काउन्सिलले एज कन्सर्न ह्याम्पसायर, ब्रेन्डोन केयर क्लव ह्याम्पसायर, केयरर्स टुगेदर, द गुड नेवर्स सपोर्ट सर्भिस् र दि रोयल भोलुन्टरी सर्भिस्को साझेदारीमा अवार्ड वितरण गरेको हो । यसपटक अवार्डबाट विभिन्न समुदायका ४० जना सम्मानित भएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा