लन्डन । फार्नवोरोस्थित एक भूपू गोर्खाले गुड नेवर अवार्ड २०१५ पाएका छन् । ६८ वर्षीय मान गुरुङले ह्याम्पसायर काउन्टी काउन्सिलबाट प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेका हुन् । ११ औं गुड नेवर अवार्ड गत २८ अप्रिल विनचेष्टरस्थित ग्रेट हलमा विशेष समारोहबीच प्रदान गरिएको थियो ।
ह्याम्पसायरका छिमेकी र स्वयंसेवकहरुले समुदाय र आफ्ना लागि गरेको योगदानका आधारमा कुनै व्यक्तिलाई मनोनयन गरेपछि उक्त अवार्ड दिइन्छ ।
‘अवार्ड पाएकामा मलाई औधि खुशी लागेको छ’, गुरुङले भने, ‘समारोह पनि भव्य थियो, मलाई यसमा गर्व छ ।’
छिमेकी बारबरा एल्डेले आफ्नो तीनवटा मुख्य अप्रेशन भएका बेला चिकित्सकसम्म जाने, प्रिस्सक्रिप्सन संकलन र सपिङ समेत गरिदिएको भन्दै गुरुङलाई मनोनयन गरेकी थिइन् । ‘गुरुङले गार्डेनको रेखदेखदेखि कहिलेकाहीं म असक्त महशुस हुंदा पनि उनले आत्मैदेखि सहयोग गरे’, एल्डेले भनेकी छिन् ।
सन् २००६ यता फार्नवोरो बस्दै आएका गुरुङ ६८ वर्ष लागेपनि बडो सक्रिय छन् । उनकै शब्दमा उनलाई कहिलेकाहीं आफू २० को हाराहारीमै छु जस्तो महशुस हुन्छ रे ।
ह्याम्पसायर काउन्टि काउन्सिलले एज कन्सर्न ह्याम्पसायर, ब्रेन्डोन केयर क्लव ह्याम्पसायर, केयरर्स टुगेदर, द गुड नेवर्स सपोर्ट सर्भिस् र दि रोयल भोलुन्टरी सर्भिस्को साझेदारीमा अवार्ड वितरण गरेको हो । यसपटक अवार्डबाट विभिन्न समुदायका ४० जना सम्मानित भएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च