लन्डन । भूपू गोर्खाहरुकै शब्दमा गोर्खाली चेली जोआना लुम्लेको नेपाल साइनो अझ दरिलो भएको छ । गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन कम्ती योगदान रहेन यी ब्रिटिश अभिनेत्रीको ।
सन् २००९ मा आवासीय अधिकार दिलाइदिएपछि धेरैले ठाने, आफ्ना पिताले गोर्खा राइफल्स् अन्तर्गत १८ वर्ष गोर्खाहरुका साथ दोश्रो विश्वयुद्ध लडेका कारण उनी गोर्खाहरुसंग झन् बढि समर्पित भइन् । तर, यथार्थमा उनी गोर्खाहरुप्रतिमात्र होइन, समस्त नेपाल र नेपाली भनेपछि हुरुक्क छन् भन्ने कुरा अहिले विपत्तिको घडीमा प्रमाणित भएको छ ।
भूकम्प पीडितहरुका लागि उनले गरेको ‘नेपाल अर्थक्वेक अपिल’ बाट शनिवारसम्म ३३ मिलियन पाउण्ड संकलन भएको छ । १३ प्रमुख यूके सहायता च्यारिटीहरुलाई एकै ठाउं ल्याएको डिजास्टर्स इमरजेन्सी कमिटी (डिइसी) का अनुसार, ८७ हजार ब्रिटिश जनताले उक्त रकम सहयोग गरेका हुन् ।
लुम्लेको राहत संकलन अभियानमा एकै दिन करिब तीन अर्ब रुपैयां संकलन भएको थियो । अभियानलाई बेलायतकी महारानी र युवराज चाल्र्सको समेत समर्थन छ ।
कमिटीका कार्यकारी निर्देशक सालेह सइदले बेलायती जनताले प्राकृतिक विपत्तिबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएको बताएका छन् ।
हजारौं वर्षदेखिको प्राचीन संस्कृति बोकेको मुलुक नेपाल भूकम्पको केही सेकेण्डको झट्काले त्यसको इतिहास माटोमा मिलाइदिएकोमा उनी निराश छिन् । उनको रोदनयुक्त अनुनय बेलायती लोकप्रिय टिभी च्यानलहरु बीबीसी, आइटिभी, च्यानल फोर, च्यानल ५ र स्काइमा बजेपछि बेलायती जनता चन्दा दिन तंछाडमंछाड गरे । सहयोग अपिल गरिरहंदा उनको मन कत्ति खुशी देखिन्न । पर्दाहरुमा उनको रोमाण्टिक दृश्य हेरिरहेका दर्शकले अपिलमा उनको भित्री रोदन स्पष्ट चाल पाउनेछन् । ‘केही दिन यता तपाईं हजारौंले नेपालको अकल्पनीय तस्विर देखिरहनुभएको छ । म त्यो ह्दय विदारक दृश्य देखेर बडो दुःखी छु’, अपिलमा उनले भनेकी छिन्, ‘नेपाली सार्है कोमल ह्दयका हुन् तर यो विपत्तिले उनीहरुमाथि कडा प्रहार गरेको छ ।’ जोआनाले नेपालीहरुलाई यतिखेर मानवीय सहयोग अति आवश्यक परेको जनाउंदै यसमा बेलायती नागरिकलाई सघाउन अपिल गरेकी थिइन् ।
आफ्नो अभियानमा बेलायतको पूर्ण समर्थनले आफूलाई गर्व लागेको जोआनाले बताएकी छिन् । ‘वास्तवमा यो अप्रत्यासित नतिजा हो’, उनले भनेकी छिन्, ‘मलाई मेरो देशप्रति गर्व छ ।’ उनले नेपाल अहिले युद्धभूमि जस्तै भएको उल्लेख गर्दै सहायता रकम वालवालिकाको जीवन सुचारु गर्न खर्चनुपर्नेमा जोड दिएकी छिन् ।
संयुक्त राष्ट्रसंघले भूकम्पबाट करिब ८० लाख नेपाली प्रभावित भएको जनाउंदै अन्तर्राष्ट्रिय समुदायबाट दुईसय ७४ मिलियन पाउण्ड सहयोग आग्रह गरेको थियो ।
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन