लन्डन । भूपू गोर्खाहरुकै शब्दमा गोर्खाली चेली जोआना लुम्लेको नेपाल साइनो अझ दरिलो भएको छ । गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन कम्ती योगदान रहेन यी ब्रिटिश अभिनेत्रीको ।
सन् २००९ मा आवासीय अधिकार दिलाइदिएपछि धेरैले ठाने, आफ्ना पिताले गोर्खा राइफल्स् अन्तर्गत १८ वर्ष गोर्खाहरुका साथ दोश्रो विश्वयुद्ध लडेका कारण उनी गोर्खाहरुसंग झन् बढि समर्पित भइन् । तर, यथार्थमा उनी गोर्खाहरुप्रतिमात्र होइन, समस्त नेपाल र नेपाली भनेपछि हुरुक्क छन् भन्ने कुरा अहिले विपत्तिको घडीमा प्रमाणित भएको छ ।
भूकम्प पीडितहरुका लागि उनले गरेको ‘नेपाल अर्थक्वेक अपिल’ बाट शनिवारसम्म ३३ मिलियन पाउण्ड संकलन भएको छ । १३ प्रमुख यूके सहायता च्यारिटीहरुलाई एकै ठाउं ल्याएको डिजास्टर्स इमरजेन्सी कमिटी (डिइसी) का अनुसार, ८७ हजार ब्रिटिश जनताले उक्त रकम सहयोग गरेका हुन् ।
लुम्लेको राहत संकलन अभियानमा एकै दिन करिब तीन अर्ब रुपैयां संकलन भएको थियो । अभियानलाई बेलायतकी महारानी र युवराज चाल्र्सको समेत समर्थन छ ।
कमिटीका कार्यकारी निर्देशक सालेह सइदले बेलायती जनताले प्राकृतिक विपत्तिबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएको बताएका छन् ।
हजारौं वर्षदेखिको प्राचीन संस्कृति बोकेको मुलुक नेपाल भूकम्पको केही सेकेण्डको झट्काले त्यसको इतिहास माटोमा मिलाइदिएकोमा उनी निराश छिन् । उनको रोदनयुक्त अनुनय बेलायती लोकप्रिय टिभी च्यानलहरु बीबीसी, आइटिभी, च्यानल फोर, च्यानल ५ र स्काइमा बजेपछि बेलायती जनता चन्दा दिन तंछाडमंछाड गरे । सहयोग अपिल गरिरहंदा उनको मन कत्ति खुशी देखिन्न । पर्दाहरुमा उनको रोमाण्टिक दृश्य हेरिरहेका दर्शकले अपिलमा उनको भित्री रोदन स्पष्ट चाल पाउनेछन् । ‘केही दिन यता तपाईं हजारौंले नेपालको अकल्पनीय तस्विर देखिरहनुभएको छ । म त्यो ह्दय विदारक दृश्य देखेर बडो दुःखी छु’, अपिलमा उनले भनेकी छिन्, ‘नेपाली सार्है कोमल ह्दयका हुन् तर यो विपत्तिले उनीहरुमाथि कडा प्रहार गरेको छ ।’ जोआनाले नेपालीहरुलाई यतिखेर मानवीय सहयोग अति आवश्यक परेको जनाउंदै यसमा बेलायती नागरिकलाई सघाउन अपिल गरेकी थिइन् ।
आफ्नो अभियानमा बेलायतको पूर्ण समर्थनले आफूलाई गर्व लागेको जोआनाले बताएकी छिन् । ‘वास्तवमा यो अप्रत्यासित नतिजा हो’, उनले भनेकी छिन्, ‘मलाई मेरो देशप्रति गर्व छ ।’ उनले नेपाल अहिले युद्धभूमि जस्तै भएको उल्लेख गर्दै सहायता रकम वालवालिकाको जीवन सुचारु गर्न खर्चनुपर्नेमा जोड दिएकी छिन् ।
संयुक्त राष्ट्रसंघले भूकम्पबाट करिब ८० लाख नेपाली प्रभावित भएको जनाउंदै अन्तर्राष्ट्रिय समुदायबाट दुईसय ७४ मिलियन पाउण्ड सहयोग आग्रह गरेको थियो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य