लण्डन । शनिबार विदाको दिन । टेलिभिजनका पर्दामा समाचार थिए, नेपालको भुकम्पको । भग्नावशेषबाट पुरिएका मानिसहरु निकालिँदै थिए । अस्थायी शिविरमा थियो घरबारविहीनहरुको बिजोग । परिवारका सदस्य गुमाएकाहरु रोदन ।
एक साता देखिका यी दृश्यले क्याम्बर्लीकी उमा गुरुङलाई सोच्न बाध्य बनायो-अब घर बसेर हुँदैन । भुकम्प पीडित दाजुभाइ दिदीबहिनीका लागि केही गर्नपर्छ । गर्ने चाहिँ के ? एकछिन गम खाइन् । क्याम्बर्लीमै रेष्टुरेन्ट चलाउने रमेश सराङकोटीसित सल्लाह मागेपछि उनले उपाय दिए क्याबर्ली हाइस्ट्रिटमा सहयोग संकलन किन नगर्ने ?
उपाय नराम्रो थिएन । एकजना साथीलाई साथ लिइन् । ‘नेपाल’ लेखिएको टीसर्ट आङमा घुसारिन् । अनि ‘हेल्प नेपाल’ लेखिएको कागजको पाना बेरिएको एउटा बट्टा टिपेर क्याम्बर्ली हाइस्ट्रिट हानिइन् । जहाँ सो एसिया रेष्टुरेन्टले फुटपाथमा खाना बेचिरहेको थियो त्यहीँ नजिक उभिइन् र आवतजावत गर्नेहरुलाई भन्न थालिन् – नेपाललाई मद्दत गर्नुहोस् ।
मानिसहरु नेपाल लेखिएको टीसर्ट देखेर ‘हामीलाई दुःख लागेको छ’ भन्थे । गोजीमा पैसा भएकाहरुले २० पाउण्डसम्म पनि हाले । कति पैसा नभएकाले क्यास मेशिनबाट निकालेर दिए ।
करिब दुई घण्टा बीचमा उनले ५० हजार रुपियाँ बराबरको डोनेसन उठाइन् । “थोरै/धेरै जे जति भए पनि दुःखमा परेका नेपालीहरुको सहयोगका लागि आफूलाई सरिक गराउन पाएकोमा मेरो मन शान्त भएको छ” जेभलिन प्लाष्टिक उद्योगकी क्वालिटी कन्ट्रोलर रहेकी उनले भनिन् ।
यसअघि यस्ता कुनै कार्यमा संलग्न नभएकी उनलाई अहिले बल्ल थाहा भयो यसरी पनि सहयोग संकलन गर्न सकिँदोरहेछ ।
शनिबारका दाताहरुको प्रेरणाले उत्साहित उमा आइतबारको बिदा पनि सडकमा सहयोग संकलनमा लगाउँदैछिन् । यसरी उठेको सहयोग धेरै ठूलो कुरामा होइन पालमा कष्टपूर्ण रुपमा बसिरहेका केही भुकम्प पीडितलाई दालमोठ चिउरा खुवाउन खर्च गर्ने उनको योजना छ ।
युकेमा सहयोग संकलनको यो त एउटा उदाहरण मात्र हो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी