लण्डन । शनिबार विदाको दिन । टेलिभिजनका पर्दामा समाचार थिए, नेपालको भुकम्पको । भग्नावशेषबाट पुरिएका मानिसहरु निकालिँदै थिए । अस्थायी शिविरमा थियो घरबारविहीनहरुको बिजोग । परिवारका सदस्य गुमाएकाहरु रोदन ।
एक साता देखिका यी दृश्यले क्याम्बर्लीकी उमा गुरुङलाई सोच्न बाध्य बनायो-अब घर बसेर हुँदैन । भुकम्प पीडित दाजुभाइ दिदीबहिनीका लागि केही गर्नपर्छ । गर्ने चाहिँ के ? एकछिन गम खाइन् । क्याम्बर्लीमै रेष्टुरेन्ट चलाउने रमेश सराङकोटीसित सल्लाह मागेपछि उनले उपाय दिए क्याबर्ली हाइस्ट्रिटमा सहयोग संकलन किन नगर्ने ?
उपाय नराम्रो थिएन । एकजना साथीलाई साथ लिइन् । ‘नेपाल’ लेखिएको टीसर्ट आङमा घुसारिन् । अनि ‘हेल्प नेपाल’ लेखिएको कागजको पाना बेरिएको एउटा बट्टा टिपेर क्याम्बर्ली हाइस्ट्रिट हानिइन् । जहाँ सो एसिया रेष्टुरेन्टले फुटपाथमा खाना बेचिरहेको थियो त्यहीँ नजिक उभिइन् र आवतजावत गर्नेहरुलाई भन्न थालिन् – नेपाललाई मद्दत गर्नुहोस् ।
मानिसहरु नेपाल लेखिएको टीसर्ट देखेर ‘हामीलाई दुःख लागेको छ’ भन्थे । गोजीमा पैसा भएकाहरुले २० पाउण्डसम्म पनि हाले । कति पैसा नभएकाले क्यास मेशिनबाट निकालेर दिए ।
करिब दुई घण्टा बीचमा उनले ५० हजार रुपियाँ बराबरको डोनेसन उठाइन् । “थोरै/धेरै जे जति भए पनि दुःखमा परेका नेपालीहरुको सहयोगका लागि आफूलाई सरिक गराउन पाएकोमा मेरो मन शान्त भएको छ” जेभलिन प्लाष्टिक उद्योगकी क्वालिटी कन्ट्रोलर रहेकी उनले भनिन् ।
यसअघि यस्ता कुनै कार्यमा संलग्न नभएकी उनलाई अहिले बल्ल थाहा भयो यसरी पनि सहयोग संकलन गर्न सकिँदोरहेछ ।
शनिबारका दाताहरुको प्रेरणाले उत्साहित उमा आइतबारको बिदा पनि सडकमा सहयोग संकलनमा लगाउँदैछिन् । यसरी उठेको सहयोग धेरै ठूलो कुरामा होइन पालमा कष्टपूर्ण रुपमा बसिरहेका केही भुकम्प पीडितलाई दालमोठ चिउरा खुवाउन खर्च गर्ने उनको योजना छ ।
युकेमा सहयोग संकलनको यो त एउटा उदाहरण मात्र हो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य