लण्डन । ख्यातिप्राप्त चिकित्सक तथा पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले भुकम्प पीडितलाई उपचार गर्नका लागि नेपालमा चिकित्सकको अभाव नरहेको बताएका छन् ।
लण्डनस्थित नेपाली दूतावासले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका डा. देवकोटाले भुकम्पमा घाइते भएकाहरुलाई औषधि, पाल, खानेकुरा र अस्थायी बसोबास अत्यावश्यक रहेको तर स्वास्थ्यकर्मीको अभाव नरहेको बताए । शाहीकालमा स्वास्थ्यमन्त्री समेत रहेका देवकोटाले दलहरुले राम्रो समन्वय गरेर काम गर्न नसकेको आरोप पनि लगाए ।
कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीले दूतावासको पहलमा गठित नेपाल ब्रिटेन राहत तथा उद्धार कोषले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिँदै औषधि र पालहरु उठाउन पहल गरेको बताए ।
उनले नेपालमा व्यक्तिगत तवरमा संकलन गरिएको राहत सरकारले लिने निर्णयबारे जानकारी दिँदै राहत दुरुपयोग रोक्न सरकारले त्यसो गरेको भन्दै बचाउ गरे । तर युकेमा व्यक्तिगत र संस्थागत प्रयासमा राहत संकलन गरिरहेकाहरुलाई दूतावासमार्फत मात्र राहत नेपाल पठाउन भनेर भन्न नसकिने उनले बताए । “कमसेकम दूतावासलाई राहतका बारेमा जानकारी दिनुहोस्” उनले भने ।
एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले एनआरएनए युकेले केही गरेन भन्ने प्रचारवाजीको खण्डनमा समय खर्चेका थिए । उनले एनआरएन आइसिसीको मातहतमा रहेर अनि युकेस्थित अक्सफाम जिबीसित मिलेर एनआरएनए युकेले राहत संकलन गरिरहेको सफाइ दिए ।
एनआरएनए युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घलेले कोषले दूतावासमा स्थापना गरेको कल सेन्टरले हालसम्म ८०० कल प्राप्त गरेको जानकारी दिए ।
एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कोषमा हालसम्म १६ हजार ८९६ पाउण्ड उठेको जानकारी दिए भने नेपलिज नर्सेस एसोसिएसन अध्यक्ष सुशीला कार्कीले एसोसिएसनले १४ हजार पाउण्ड राहत संकलन गरेको र नेपाल गएका नर्सहरुले ३ हजार बिरामी जाँचेको बताइन् ।
पत्रकार सम्मेलनमा एनअारएनए युकेका पूर्व अध्यक्ष कुल आचार्य, एनअारएनएका पूर्व महासचिवहरु भक्त गुरुङ र रामशरण सिंखडा र सुवास अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो