लन्डन । भारतीय मुलका एक बेलायती धनाढ्यले भूकम्प प्रभावित गाउंमा गएर एक हजार नयां घर बनाइदिने इच्छा व्यक्त गरेका छन् ।
बिल्डिङ टेक्नोलोजी सम्वन्धि मल्टि नेशनल कम्पनी सिस्मोका प्रवन्ध निर्देशक मुकेश कुमार सेगालले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई शुक्रवार लन्डनस्थित नेपाली दूतावासमा भेटी उक्त प्रस्ताव गरेका हुन् । सेगालले आफ्नो कम्पनी नयां प्रविधिमार्फत निर्माणकै क्षेत्रमा दुई दशक यता समर्पित भएको जनाउंदै नेपाल सरकारबाट आफ्नो प्रस्ताव स्वीकृत भए यो काम छिट्टै शुरु गरिदिने बताएको कार्यवहाक राजदूत क्षेत्रीले बताए ।
‘हामी शुरुमा भूकम्प पीडितहरुलाई अस्थायी घर बनाएर आश्रय दिन्छौं र भग्नावशेषको उचित व्यवस्थापन गरि तत्काल नयां बस्ती बसालिदिन तयार छौं’, सेगालको भनाइ उधृत गर्दै कार्यवहाक राजदूत क्षेत्रीले भने, ‘हाम्रो कुनै व्यापारिक उद्देश्य भन्दा पनि नेपाललाई परेको विपत्तिमा आत्मादेखि सहयोग गर्ने अभिलासा हो ।’ सेगालले आफ्नो कम्पनीका बारेमा अझ बुझ्न पनि भनेका छन् । क्षेत्रीले बेलायतबाट प्रकाशित हुने माया टुडे पत्रिकामा आवद्ध पत्रकार दीपक डोग्रामार्फत सेगालसंग भेटको प्रवन्ध मिलाएका इकान्तिपुरमा खवर छ ।
यसअघि इजरायल सरकार र धनाढ्य श्री प्रकाश लोहियाले पुरै गाउंको पुनर्निमाण गरिदिने इच्छा व्यक्त गरेको खवर आएका छन् ।
नेपाल सरकारले यस्ता प्रस्ताव सहर्ष स्वीकार्नु पर्ने बेलायतवासी नेपालीको सुझाव छ । ‘हामी केही गरिदिन्छौं भनेर आउंदा पछाडि परियो भने यो अवसर उम्किन सक्छ’, व्यवसायी सूर्य गुरुङले भने, ‘नेपाल सरकारले उनीहरुको भावनालाई पनि कदर गर्न सक्नुपर्छ ।’ भन्सार छुट वा अरु काममा सहज वातावरण मिलाइदिनु पर्ने धेरैको धारणा छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य