लन्डन । भारतीय मुलका एक बेलायती धनाढ्यले भूकम्प प्रभावित गाउंमा गएर एक हजार नयां घर बनाइदिने इच्छा व्यक्त गरेका छन् ।
बिल्डिङ टेक्नोलोजी सम्वन्धि मल्टि नेशनल कम्पनी सिस्मोका प्रवन्ध निर्देशक मुकेश कुमार सेगालले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई शुक्रवार लन्डनस्थित नेपाली दूतावासमा भेटी उक्त प्रस्ताव गरेका हुन् । सेगालले आफ्नो कम्पनी नयां प्रविधिमार्फत निर्माणकै क्षेत्रमा दुई दशक यता समर्पित भएको जनाउंदै नेपाल सरकारबाट आफ्नो प्रस्ताव स्वीकृत भए यो काम छिट्टै शुरु गरिदिने बताएको कार्यवहाक राजदूत क्षेत्रीले बताए ।
‘हामी शुरुमा भूकम्प पीडितहरुलाई अस्थायी घर बनाएर आश्रय दिन्छौं र भग्नावशेषको उचित व्यवस्थापन गरि तत्काल नयां बस्ती बसालिदिन तयार छौं’, सेगालको भनाइ उधृत गर्दै कार्यवहाक राजदूत क्षेत्रीले भने, ‘हाम्रो कुनै व्यापारिक उद्देश्य भन्दा पनि नेपाललाई परेको विपत्तिमा आत्मादेखि सहयोग गर्ने अभिलासा हो ।’ सेगालले आफ्नो कम्पनीका बारेमा अझ बुझ्न पनि भनेका छन् । क्षेत्रीले बेलायतबाट प्रकाशित हुने माया टुडे पत्रिकामा आवद्ध पत्रकार दीपक डोग्रामार्फत सेगालसंग भेटको प्रवन्ध मिलाएका इकान्तिपुरमा खवर छ ।
यसअघि इजरायल सरकार र धनाढ्य श्री प्रकाश लोहियाले पुरै गाउंको पुनर्निमाण गरिदिने इच्छा व्यक्त गरेको खवर आएका छन् ।
नेपाल सरकारले यस्ता प्रस्ताव सहर्ष स्वीकार्नु पर्ने बेलायतवासी नेपालीको सुझाव छ । ‘हामी केही गरिदिन्छौं भनेर आउंदा पछाडि परियो भने यो अवसर उम्किन सक्छ’, व्यवसायी सूर्य गुरुङले भने, ‘नेपाल सरकारले उनीहरुको भावनालाई पनि कदर गर्न सक्नुपर्छ ।’ भन्सार छुट वा अरु काममा सहज वातावरण मिलाइदिनु पर्ने धेरैको धारणा छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?