लन्डन । महाभूकम्पको विध्वंशले मन छिया छिया भएपनि शोकलाई शक्तिमा बदलेर नायिका प्रियंका कार्की तीन दिन भोक प्यास नभनि उद्दारमा खटिइन् । दुई दिन वीर अस्पताल र टिचिङ अस्पतालमा विरामीको रोदन र चिच्याहटमा उनी पनि सामेल भइन्, सकेसम्म घाइतेको रेखदेख गरिन् । तेश्रो दिन पाटन, सुन्धारा, खोकनाको भग्नावशेषमा निस्सासिएर कोमल हातले सकेसम्म पीडितहरुको उद्दार गरिन् ।
यही बेला यूकेमा पूर्व निर्धारित चारवटा शोमा आउनै पर्ने वाध्यता थियो उनलाई । शुरुमा प्रियंकालाई यता आउने चाहनै भएन । फ्लाइट रद्द पनि गरिन् तर पछि आयोजककै आग्रहमा कार्यक्रम गर्ने तर मनोरञ्जन भन्दा च्यारिटीमा केन्द्रित हुने निष्कर्षसंगै प्रियंका शुक्रवारसांझ लन्डन आइपुगेकी छिन् । ‘बेलायतमा हुने चारवटा शो म आफैंले सञ्चालन गर्छु’, उनले भनिन्, ‘कार्यक्रम भूकम्प पीडितहरुको सहयोगका लागि विशुद्ध च्यारिटेवल बनाउनेछु ।’ उनले बेलायतवासी समस्त नेपालीलाई कार्यक्रममा आइदिएर पीडितहरुलाई सहयोग गर्न पनि आग्रह गरेकी
छन् ।
कलाकार धेरै माझ चिनिने सेलिब्रेटी भएका कारण राहत तथा उद्दारमा उनीहरुको आवाज सुनिने प्रियंकाको धारणा छ । ‘यतिखेर पब्लिक फिगरले आफ्नो पावर देखाउने बेला आएको छ’, प्रियंकाले भनिन्, ‘सर्वसाधारण भन्दा तपाईं कलाकारहरुको बोली धेरै बिक्छ, त्यसकारण यतिखेर कम्तीमा एकजनाको मात्र भएपनि उद्दार गरिदिनु भए त्यो महत्वपूर्ण हुन्छ ।’
प्रियंका सहित गायिका अन्जु पन्त र गायक शिव परियारको शो शनिवारदेखि शुरु हुंदैछ । पहिलो शो २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा, दोश्रो ९ मेमा ग्रीनफोर्ड टाउन हलमा, १० मेमा फोकस्टोन केन्ट र १७ मेमा ऊलवीचको न्यू वाइन चर्च हलमा हुने आयोजकले जनाएका छन् । बीजीजेका तर्फबाट वीरेन्द्र खड्का, गणेश गुरुङ र जीवन अधिकारीले कार्यक्रम आयोजना गरेका हुन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?