
लन्डन । कपिलवस्तु समाज यूकेले पहिलो चरणमा संकलन गरेको राहत सामाग्री भूकम्प पीडितलाई वितरण गरिएको छ । मंगलबार बेलायतबाट उद्दार तथा राहतका लागि नेपाल गएका गोर्खा सैनिकहरुसंगै पठाइएका ती सामग्री भूकम्पबाट सबैभन्दा बढि प्रभावित सिन्धुपाल्चोकमा बांडिएको हो । उद्दार कार्यमा सघाउन सिन्धुपाल्चोक पुगेका गोर्खाहरुले नै ती राहत सामग्री पीडितसम्म पुर्याइदिएका हुन् । समाजले औषधि, ड्राई फुड, त्रिपाल, पाउडर मिल्क, लत्ताकपडा लगायत झण्डै दुई हजार केजी तौलका अत्यावश्यक सामाग्री पठाएको थियो ।
‘राहत सामाग्री गोर्खाहरुको साथ पठाइएका कारण छिट्टै र सिधै पीडितसम्म पुर्याउन सकियो,’ समाजका अध्यक्ष दिपक श्रेष्ठले भने, ‘हामीले पठाएका अत्यावश्यक सामाग्री पीडितसम्म पुगेको सुन्दा हामीलाई खुशी लागेको छ ।’
उनका अनुसार, समाजले राहत संकलन अभियान जारी राखेको छ भने सहयोग आउने क्रम रोकिएको छैन् । पीडितका लागि आर्थिक संकलन समेत गरिरहेको समाजले बिहिबार सांझसम्म ४ हजार ८ सय १५ पाउण्ड, ३ पेन्स् जम्मा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । राहत संकलन तथा वितरण कार्यमा मुछेत्र गुरुङ, गणेश गुरुङ, गोपाल रेग्मी, सुशिल प्रजापति लगायतले समाजलाई सघाएका थिए ।
शनिबारको भूकम्पछि तत्काल राहत संकलन सुरु गरेको समाजलाई साउथ इष्ट लण्डनको एवीउडस्थित बेस्ट प्राइस क्यास् एण्ड क्यारीले राहत सामाग्री संकलन गर्न स्टोर उपलब्ध गराएको छ । सो स्टोरका सञ्चालकहरु सफल शेरचन र दिपक शेरचनले सामाग्री संकलनका लागि भ्यानको समेत बन्दोबस्त मिलाइदिएका छन् । ठूलो परिमाणमा संकलित सामाग्रीहरुको प्याकिङ कार्यमा स्थानीय थकाली समाज , भैरवनाथ गुठी, पासा पुच, तमु धिं, ठकुरी समाज लगायतले पनि स्वस्फूर्त सहयोग गरेका थिए ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक