लन्डन । नेपालमा एकजना मन्त्री सवारी हुने कार्यक्रम भए पनि सारा सडक बन्द गरिन्छ । प्रहरी परिचालन त्यस्तै । तर, बेलायती राजकुमार विलियम शुक्रवार बिहान हिंडेरै लन्डनस्थित नेपाली दूतावास छिरे त्यो पनि सर्वसाधारणको भेषमा । न त्यहां अघि पछि पर्याप्त सुरक्षाकर्मी थिए, न अन्य सुरक्षा व्यवस्था । केवल साथमा थिए सिभिल एकजना प्रहरी अधिकृत, एकजना फोटोग्राफर र पीए ।
‘नमस्ते म विलियम’, बिहान ९.३० बजे केन्जिङ्टन प्यालेसस्थित नेपाली दूतावास भवन पुग्ने वित्तिकै डुक अफ क्याम्ब्रीज विलियमले दूतावास कर्मचारीहरुलाई नेपालीमै अभिवादन गरे । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्दै बस्न अफर गरे । चिया पिउन क्षेत्रीले गरेको अफरमा भने विलियमले छोरासित भर्खर ब्रेकफाष्ट खाएको भन्दै चिया पिउन मानेनन् ।
त्यसपछि उनले नेपालमा गएको महाभूकम्प र यसले पारेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत समाग्री वितरण अन्तर्राष्ट्रिय समुदायको सहयोगबारे जिज्ञासा राखेका थिए । पछि विलियमले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर समेत गरे । राजकुमार विलियमले दूतावासमा झुण्ड्याइएको तत्कालिन राजा महेन्द्र र वीरेन्द्रले बेलायत भ्रमण गर्दाको बडेमानको तस्विर खुब चासोपूर्वक अवलोकन गरेको कर्मचारीले जनाए । उनी भवन पछाडिको गार्डेन समेत हेर्न गए । ‘वाउ सो नाइस’ उनी प्रशंसा गर्दै थिए ।
लन्डनको मुटु केन्जिङ्टन प्यालेस गार्डेन्स्मा अवस्थित निवासबाट पैदल हिंडर बिहान ९.३० बजे दूतावास छिरेका विलियम १५ मिनेटर बसेर नेपालीमै धन्यवाद भन्दै बाहिरिएको दूतावास श्रोतले उल्लेख गरेको छ ।
दरवारले विलियम नेपाली दूतावास आउने खवर अघिल्लो रात पठाएको थियो ।
बेलायत नेपाल सम्वन्धको दुई सय वर्ष गांठका अवसरमा आगामी वर्षको मार्चभित्र उनी नेपाल भ्रमण गर्ने सम्भावना रहेको समेत बताइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण