लन्डन । नेपालमा एकजना मन्त्री सवारी हुने कार्यक्रम भए पनि सारा सडक बन्द गरिन्छ । प्रहरी परिचालन त्यस्तै । तर, बेलायती राजकुमार विलियम शुक्रवार बिहान हिंडेरै लन्डनस्थित नेपाली दूतावास छिरे त्यो पनि सर्वसाधारणको भेषमा । न त्यहां अघि पछि पर्याप्त सुरक्षाकर्मी थिए, न अन्य सुरक्षा व्यवस्था । केवल साथमा थिए सिभिल एकजना प्रहरी अधिकृत, एकजना फोटोग्राफर र पीए ।
‘नमस्ते म विलियम’, बिहान ९.३० बजे केन्जिङ्टन प्यालेसस्थित नेपाली दूतावास भवन पुग्ने वित्तिकै डुक अफ क्याम्ब्रीज विलियमले दूतावास कर्मचारीहरुलाई नेपालीमै अभिवादन गरे । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्दै बस्न अफर गरे । चिया पिउन क्षेत्रीले गरेको अफरमा भने विलियमले छोरासित भर्खर ब्रेकफाष्ट खाएको भन्दै चिया पिउन मानेनन् ।
त्यसपछि उनले नेपालमा गएको महाभूकम्प र यसले पारेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत समाग्री वितरण अन्तर्राष्ट्रिय समुदायको सहयोगबारे जिज्ञासा राखेका थिए । पछि विलियमले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर समेत गरे । राजकुमार विलियमले दूतावासमा झुण्ड्याइएको तत्कालिन राजा महेन्द्र र वीरेन्द्रले बेलायत भ्रमण गर्दाको बडेमानको तस्विर खुब चासोपूर्वक अवलोकन गरेको कर्मचारीले जनाए । उनी भवन पछाडिको गार्डेन समेत हेर्न गए । ‘वाउ सो नाइस’ उनी प्रशंसा गर्दै थिए ।
लन्डनको मुटु केन्जिङ्टन प्यालेस गार्डेन्स्मा अवस्थित निवासबाट पैदल हिंडर बिहान ९.३० बजे दूतावास छिरेका विलियम १५ मिनेटर बसेर नेपालीमै धन्यवाद भन्दै बाहिरिएको दूतावास श्रोतले उल्लेख गरेको छ ।
दरवारले विलियम नेपाली दूतावास आउने खवर अघिल्लो रात पठाएको थियो ।
बेलायत नेपाल सम्वन्धको दुई सय वर्ष गांठका अवसरमा आगामी वर्षको मार्चभित्र उनी नेपाल भ्रमण गर्ने सम्भावना रहेको समेत बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने