लन्डन । नेपालमा महाभूकम्पले दिवंगत हुनेहरुको सम्झनामा उचवीच स्क्वायरमा प्रार्थनासभा हुने भएको छ । ग्रीनवीचस्थित सम्पूर्ण नेपाली समाजको सक्रियतामा आगामी ३ मे सांझ ६ बजे उलवीच टाउन सेन्टर, उलवीच स्क्वायरमा कार्यक्रम हुन लागेको कार्यक्रम व्यवस्थापनमा खटिइरहेका मध्ये एक विनोद ज्ञवालीले जनाए ।
स्मृतिसभाका लागि ग्रीनवीच बरो काउन्सिलबाट अनुमति प्राप्त भइसकेको छ । अनुथ प्रसाईं, विनोद ज्ञवाली र फत्त थापाले कार्यक्रम व्यवस्थापन गरिरहेका छन् । ज्ञवालीका अनुसार, करिब डेढ घण्टा चल्ने कार्यक्रममा सहभागी सबैलाई सम्भव भएसम्म नेपाली झण्डा ल्याउन आग्रह गरिएको छ । त्यस सांझ एक मिनेट मौनधारण गरि दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ । सहभागीले प्रे फर नेपाल, नेपाली आमालाई जोगाउंछौं जोगाउंछौं, नेपाली जनतालाई बचाउंछौं बचाउंछौं जस्ता नारा घन्काउनेछन् । श्रद्धाञ्जली अर्पणका क्रममा झण्डा आधा झुकाइने छ ।
आयोजकले कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । ‘नेपाल आमाले सर्वस्व गुमाएको यो पीडादायी क्षणमा हामी मृतात्माहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं’, ज्ञवालीले भने ।
कार्यक्रममा पशुपतिनाथ मन्दिर, नेपाल फोरम ग्रीनवीच, नेपाल युथ क्लव, चाल्टर्न नेपाली समाज, एवीउड समाज, हाइली स्किल्ड नेपाली समाज, कपिलवस्तु समाज, तमुधिं यूके साउथइष्ट लगायतको प्रत्यक्ष सहभागिता रहनेछ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च