लण्डन । आफूहरुलाई अझै पनि समान अधिकार नदिइएको गुनासो गर्दै आएका भूपू गोरखाहरुले प्रतिक्रियास्वरुप विहीबार विरोध प्रदर्शन गरेका छन् ।
गोरखा भर्तीको दुईसय वर्ष पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित विशेष परेड समारोह भाँड्न उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बेलायतका विभिन्न भागबाट आएका करिब ५०० गोरखाहरु सहभागी थिए ।
ब्रिगेड अफ गोर्खाज्ले आयोजना गरेको विशेष परेड हुने बेला पारेर नै गोरखाहरुले प्रदर्शन आयोजना गरेको संयुक्त गोरखा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए । राईले नेपालमा भुकम्पले देश र जनता रोइरहेका बेला ब्रिगेड अफ गोर्खाज् प्रमुखलाई विशेष परेड कार्यक्रम रोक्न आग्रह गर्दा पनि नमानेपछि विरोध प्रदर्शन गरेर अवरोध गर्न बाध्य हुनु परेको जानकारी दिए ।
भूपू गोरखाहरुको कार्यक्रम ३ बजे सकिने जानकारी पाएर सरकारी पक्षले पूर्व निर्धारित कार्यक्रम संशोधन गरी ३ बजे परेड सारे पनि गोरखाहरुले फेरि कार्यक्रम लम्ब्याएर विरोध प्रदर्शन गरेका थिए ।
आक्रोशित भूपू गोरखाहरुले २०० वर्षका अवसरमा आयोजना गरिने सबै कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका छन् ।
तर आज गरिएको विरोध प्रदर्शन भने सान्दर्भिक नभएको कतिपयको धारणाा छ ।
बेलायतले नेपालमा गएको भुकम्पका लागि त्यत्रो सहयोग गरिरहेको बेलामा विरोध प्रदर्शन गरिनु त्यति सान्दर्भिक नभएको आलोचकहरुको भनाइ छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य