लण्डन । आफूहरुलाई अझै पनि समान अधिकार नदिइएको गुनासो गर्दै आएका भूपू गोरखाहरुले प्रतिक्रियास्वरुप विहीबार विरोध प्रदर्शन गरेका छन् ।
गोरखा भर्तीको दुईसय वर्ष पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित विशेष परेड समारोह भाँड्न उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बेलायतका विभिन्न भागबाट आएका करिब ५०० गोरखाहरु सहभागी थिए ।
ब्रिगेड अफ गोर्खाज्ले आयोजना गरेको विशेष परेड हुने बेला पारेर नै गोरखाहरुले प्रदर्शन आयोजना गरेको संयुक्त गोरखा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए । राईले नेपालमा भुकम्पले देश र जनता रोइरहेका बेला ब्रिगेड अफ गोर्खाज् प्रमुखलाई विशेष परेड कार्यक्रम रोक्न आग्रह गर्दा पनि नमानेपछि विरोध प्रदर्शन गरेर अवरोध गर्न बाध्य हुनु परेको जानकारी दिए ।
भूपू गोरखाहरुको कार्यक्रम ३ बजे सकिने जानकारी पाएर सरकारी पक्षले पूर्व निर्धारित कार्यक्रम संशोधन गरी ३ बजे परेड सारे पनि गोरखाहरुले फेरि कार्यक्रम लम्ब्याएर विरोध प्रदर्शन गरेका थिए ।
आक्रोशित भूपू गोरखाहरुले २०० वर्षका अवसरमा आयोजना गरिने सबै कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका छन् ।
तर आज गरिएको विरोध प्रदर्शन भने सान्दर्भिक नभएको कतिपयको धारणाा छ ।
बेलायतले नेपालमा गएको भुकम्पका लागि त्यत्रो सहयोग गरिरहेको बेलामा विरोध प्रदर्शन गरिनु त्यति सान्दर्भिक नभएको आलोचकहरुको भनाइ छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च