लन्डन । तमुधिं साउथ इष्ट शाखाले आगामी ४ मे का दिन वृहत विश्व शान्ति र्याली गर्ने भएको छ ।
लन्डन उलवीचस्थित लोटस् क्लबबाट र्याली शुरु र पछि सोहि स्थानमा बुद्ध जयन्ती समारोह गरिने शाखाले जनाएको छ । कार्यक्रम संयोजक सुमलकुमार गुरुङले त्यसै दिन शान्तिका अग्रदूत भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ महाभूकम्पबाट पीडित नेपालीहरुका लागि राहत संकलन गरिने जनाए ।
उक्त पदयात्राका लागि ५ मिलियन पाउण्डको इन्सुरेन्स भइसकेको छ भने टिएफएल र प्रहरीलाई खवर गरिसकिएको छ । आयोजकले करिव डेढ घण्टा अवधिको पदयात्रा उलवीच वरिपरि तीन किलोमिटरसम्म जाने जनाएका छन् ।
र्यालीमा एकहजार सहभागी हुने अपेक्षा छ ।
यसअघि शाखा अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा ग्रीनविच बरोस्थित साफा प्रतिनिधि समेतको संयुक्त बैठक बसेको थियो । सहसचिव निर्मला गुरुङले सञ्चालन गरेको बैठक शुरु हुनु अघि महाभूकम्पबाट दिवंगतहरुको आत्मा शान्तिका लागि दुई मिनट मौन धारण गरि प्रार्थना गरिएको थियो । बैठक महाभूकम्पबाट पीडितहरुलाई कसरी सहयोग पुर्याउने भन्नेमा केन्द्रित थियो ।
बैठकमा साफाका वरिष्ठ संयोजक जेरी आर्मस्ट्रोङ तथा कार्यकर्ता ज्ञान तमाङ समेत सहभागी थिए । बैठकले वृहत छलफलपछि राहतका लागि रकम तथा जिन्सी संकलन गरेर सोझै महाभूकम्प प्रभावित क्षेत्रमा पुर्याउने निर्णय गरेको छ । पारदर्शीता र कुन क्षेत्रका पीडितहरुलाई राहत दिने भन्ने विषयमा समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङ तथा सल्लाहकार सुमलकुमार गुरुङले स्थानीय निकायमा सम्पर्क गरेर सूचना प्राप्त गरेपछि राहत प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य