लन्डन । तमुधिं साउथ इष्ट शाखाले आगामी ४ मे का दिन वृहत विश्व शान्ति र्याली गर्ने भएको छ ।
लन्डन उलवीचस्थित लोटस् क्लबबाट र्याली शुरु र पछि सोहि स्थानमा बुद्ध जयन्ती समारोह गरिने शाखाले जनाएको छ । कार्यक्रम संयोजक सुमलकुमार गुरुङले त्यसै दिन शान्तिका अग्रदूत भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ महाभूकम्पबाट पीडित नेपालीहरुका लागि राहत संकलन गरिने जनाए ।
उक्त पदयात्राका लागि ५ मिलियन पाउण्डको इन्सुरेन्स भइसकेको छ भने टिएफएल र प्रहरीलाई खवर गरिसकिएको छ । आयोजकले करिव डेढ घण्टा अवधिको पदयात्रा उलवीच वरिपरि तीन किलोमिटरसम्म जाने जनाएका छन् ।
र्यालीमा एकहजार सहभागी हुने अपेक्षा छ ।
यसअघि शाखा अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा ग्रीनविच बरोस्थित साफा प्रतिनिधि समेतको संयुक्त बैठक बसेको थियो । सहसचिव निर्मला गुरुङले सञ्चालन गरेको बैठक शुरु हुनु अघि महाभूकम्पबाट दिवंगतहरुको आत्मा शान्तिका लागि दुई मिनट मौन धारण गरि प्रार्थना गरिएको थियो । बैठक महाभूकम्पबाट पीडितहरुलाई कसरी सहयोग पुर्याउने भन्नेमा केन्द्रित थियो ।
बैठकमा साफाका वरिष्ठ संयोजक जेरी आर्मस्ट्रोङ तथा कार्यकर्ता ज्ञान तमाङ समेत सहभागी थिए । बैठकले वृहत छलफलपछि राहतका लागि रकम तथा जिन्सी संकलन गरेर सोझै महाभूकम्प प्रभावित क्षेत्रमा पुर्याउने निर्णय गरेको छ । पारदर्शीता र कुन क्षेत्रका पीडितहरुलाई राहत दिने भन्ने विषयमा समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङ तथा सल्लाहकार सुमलकुमार गुरुङले स्थानीय निकायमा सम्पर्क गरेर सूचना प्राप्त गरेपछि राहत प्रदान गर्ने निर्णय गरिएको छ ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता