
लन्डन । लन्डनस्थित नेपाली दूतावासद्धारा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोष अन्तर्गत आर्थिक संकलन तथा व्यवस्थापन समिति विस्तार भएको छ । उक्त समितिका संयोजक सूर्य गुरुङले प्रभावकारी ढंगले कार्य गर्न समिति विस्तार गरेका हुन् । विस्तारित समितिमा सचिव भक्त गुरुङ,
इंग्ल्याण्ड प्रतिनिधिहरु कृष्ण तिमिल्सिना, प्रमिला राई, वेल्स् प्रतिनिधि मेजर (रि) खुशीमान गुरुङ, नर्दन आयरल्याण्ड प्रतिनिधि नारायण कँडेल र स्कटल्याण्ड प्रतिनिधि काशीराम भण्डारी संलग्न
छन् ।
संयोजक गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै आर्थिक तथा राहत संकलनमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
समितिको विज्ञप्तिः
शनिवार दिउसो आएको प्रलयकारी महाभूकम्पले ५ हजारभन्दा बढिको जीवन समाप्त पा¥यो । बीसौं हजार शरिर थिलोथिलो पर्ने गरी घायल भए । पचासौं लाख मानिसको बास उजाड पारेको छ । हजारौं जिवित आत्माहरु भग्न पर्खालभित्र जिवनको भिख माग्दै छट्पटिन बाध्य छन् । लाखौं मानिस खुल्ला आकासमुनि संत्रस्त जीवन बाँच्न बाध्य भएका छन् । निर्दयी महाभूकम्पले शुन्दरतम् शहर र तरेली परेका सुन्दर गाउँवस्तीहरु क्षणभरमा खण्डहर बनाइदिएको छ । यो पीडाले हाम्रो मातृभूमि आज रोइरहेको छ । आउनुहोस् हातमा हात मिलाऔं, काँधमा काँध मिलाऔं, चहराइरहेको घाउमा मलहम लगाऔं, शोकाकुल मातृभूमिको दिव्यमुहार पुनः सजाऔं ।
यसै सिलसिलामा राहत संकलनका लागि तपाईंसम्म पुग्न नेपाली दूतावास लण्डनले नेपाल ब्रिटेन उद्दार तथा राहतकोष मूल समिति गठन गरेको छ । समितिले फोन सम्पर्क नंं. ०२०७०४३७४९७ रहने गरी हेल्प डेस्क स्थापना पनि गरिसकेको छ । यस मूल समिति अन्तर्गत निम्न बमोजिम आर्थिक संकलन तथा व्यवस्थापन समिति गठन गरिएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछु ।
१. संयोजक – सूर्य गुरुङ (मोवाइल नं. ०७७९५५१८२२८)
२. सचिव – भक्त गुरुङ (मोवाइल नं. ०७८७२९३९८८५)
३. इंग्ल्याण्ड प्रतिनिधि – कृष्ण तिमिल्सिना (मोवाइल नं. ०७९००५२२५११)
४. इंग्ल्याण्ड प्रतिनिधि – प्रमिला राई (मोवाइल नं. ०७८८९९२२०१५)
५. वेल्स् प्रतिनिधि – मेजर (रि) खुशीमान गुरुङ (मोवाइल नं. ०७९८०८६६००१)
६. नर्दन आयरल्याण्ड प्रतिनिधि – नारायण कँडेल (मोवाईल नं. ०७७८६७६६५२१)
७. स्कटल्याण्ड प्रतिनिधि – काशीराम भण्डारी (०७८७७१२६७६७)
आर्थिक सहयोगका लागि नेपाली दूतावास लण्डनको बैंक खाता निम्न बमोजिम छ ।
Embassy of Nepal, London (Earthquake Relief Fund), NatWest Bank, Account Number: 05537339, Sort Code: 60-15-33 Notting Hill Gate, London, UK.
हार्दिक धन्यवाद सहित ।
सूर्य गुरुङ
संयोजक
आर्थिक संकलन तथा व्यवस्थापन समिति
नेपाली दूतावास लण्डन
मितिः ३० अप्रिल २०१५
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए