लन्डन । नेपालको महाभूकम्पका कारण दिवगंत हुनेहरुको सम्झनामा बुधवार सांझ हरेकृष्ण मन्दिरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । सभामा सहभागी करिब एकसय ५० नेपालीले मौनधारण र मैनवत्ति प्रज्वलन गरेर मृतात्माको चीर शान्तिको कामना गरे । सभामा राष्ट्रिय गान बजाइयो भने मन्दिरका पण्डितहरु अर्जुन पाण्डे, राम पाण्डे र कृष्ण बलरामद्धारा भजन किर्तन र वेद उच्चारण समेत भयो । स्मृतिसभामा स्वतस्फूर्त रुपमा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु पनि सामेल भए । सहभागीले मौनवत्तिहरु जोडेर बनाइएको नेपालको आकृति र ‘प्रे फर नेपाल’ लेखिएको नाराले झन् भावविव्हल बनाएको बताइरहेका थिए ।
चितवन एड ट्रष्टका उपाध्यक्ष एवं समाजसेवी कृष्ण तिवारीको व्यक्तिगत खर्च एवं संयोजनमा उक्त कार्यक्रम भएको हो । ‘त्यस्तो विपत्तिमा भौतिक तरिकाले सहयोग गर्नु हाम्रो दायित्व छंदैछ, त्यसबाहेक मृतात्माको चीरशान्तिका लागि कार्यक्रम राखेको हुं’, तिवारीले भने ।
उक्त सभामा नेपलिज डक्टर्स एसोसिएसन यूकेका डा. मोहन थापा, नेपलिज नर्सेस एसोसिएसन यूकेकी संस्थापक अध्यक्ष अजिता सिम्खडा, साहित्यकार नारायण गाउंले, नेपलिज ब्रिटिश कम्युनिटीका कमल पौडेल, वाटफोर्ड नेपाली कम्युनिटी अध्यक्ष लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च