सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: २१:२१ | UK Time: 16:36

कम्ती रोएको छैन् जोआनाको मन…

वीनेपाली
२०७२ वैशाख १७ गते ११:४८
Gurkhas-573374

तस्विरः डेली एक्सप्रेस

 

लन्डन । लोकप्रिय ब्रिटिश अभिनेत्री जोआना लुम्ले । भूपू गोर्खाहरुकै शब्दमा गोर्खाली चेली उनी । गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन उनको योगदान कम्ती रहेन । सन् २००९ मा आवासीय अधिकार दिलाइदिएपछि धेरैलाई लाग्यो, आफ्ना पितालाई गोर्खाहरुले बचाएका कारण उनी त्यति बढि समर्पित भइन् गोर्खाहरुसंग । तर, यथार्थमा उनी गोर्खाहरुप्रतिमात्र होइन, समस्त नेपाल र नेपाली भनेपछि हुरुक्क छन् भन्ने कुरा अहिले विपत्तिको बेला प्रमाणित भएको छ ।

भूकम्प पीडितहरुका लागि उनले गरेको अपिलबाट एकैदिन तीन अर्व संकलन भयो भने यो क्रम जारी छ ।

१३ प्रमुख यूके सहायता च्यारिटीहरुलाई एकै ठाउं ल्याएको डिजास्टर्स इमरजेन्सी कमिटी (डिइसी) मार्फत उनको अनुनय गत मंगलबारदेखि बीबीसी, आइटिभी, च्यानल फोर, च्यानल ५ र स्काइमा बजिरहेको छ । अपिल गरिरहंदा उनको मन कत्ति खुशी छैन् । पर्दाहरुमा उनको रोमाण्टिक दृश्य हेरिरहेका दर्शकले अपिलमा उनको भित्री रोदन स्पष्ट थाहा पाउनेछन् । ‘केही दिन यता तपाईं हजारौंले नेपालको अकल्पनीय तस्विर देखिरहनुभएको छ । म त्यो हृदय विदारक दृश्य देखेर बडो दुःखी छु’, अपिलमा उनले भनेकी छिन्, ‘नेपाली सार्है कोमल हृदयका हुन् तर यो विपत्तिले उनीहरुमाथि कडा प्रहार गरेको छ ।’ जोआनाले नेपालीहरुलाई यतिखेर मानवीय सहयोग अति आवश्यक परेको जनाउंदै यसमा बेलायती नागरिकले साथ दिने आशा व्यक्त गरेकी छिन् । र, सबैलाई सघाउन अपिल गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक