लन्डन । एनआरएनए यूकेले भुकम्प पीडित परिवारको आकस्मिक उद्दार र सहयोगका लागि एउटा टोली धादिङ र नुवाकोटमा पठाउने भएको छ । एनआरएनए यूकेको बुधवार बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
संघले महासचिव आर के त्रिपाठीको संयोजकत्वमा एनआरएनए आइसीसीसंग संयोजन गर्दै तत्काल ति जिल्लामा आफ्ना पदाधिकारी पठाउने जनाएको छ । उद्दार र राहतका लागि जाने टोलीमा एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, एनआरएनए यूके उपाध्यक्षहरु बालकृष्ण गुरुङ र शान्ति थापा, सदस्य फडिन्द्र भट्टराई, सल्लाहकार सुरज केसी, कल्पना आङबुहाङ र १००० ग्रयाजुएट्सका युवा स्वयंसेवीहरु अशोकनाथ योगी, सुजाता श्रेष्ठ, अन्जु मल्ल लगायत छन् ।
यसैबीच, गैर आवासीय नेपाली संघले अत्यधिक प्रभावित सिन्धुपाल्चोकमा लगेको राहत सामाग्री बीचमै लुटिएको छ । संघका ग्लोवल च्यारिटी टास्कका सहसंयोजक कुल आचार्यले पीडितसम्म पुग्नु पर्ने सामाग्री बीचमै गुण्डागर्दी शैलीमा लुटिएको जनाए । उनले भूकम्प पीडितका लागि तत्काल राहत आवश्यक भएकाले समस्त बेलायतवासी नेपालीमा सहयोग गर्न अपिल गरेका छन् । ‘पीडितहरुलाई समयमै राहत दिनुपर्ने बेला भएकाले हामी साना तिना कुरामा अल्झनु भन्दा एक्सनमै जान जरुरी छ’, आचार्यले भने ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च