लन्डन । गत सप्ताहन्तको त्रासदीपूर्ण भूकम्प दिमागबाट अझै हटेको छैन् । यत्रतत्र मृत शरीर, काठमाण्डौं शहर हेर्दाहेर्दै मरुभूमि बनिरहेको र मानिस चिच्याइरहेका दृश्यको मनोवैज्ञानिक ह्यांग ओभर साथै लिएर लन्डन उत्रिएका छन् नेपाली कलाकार ।
पूर्व निर्धारित कार्यक्रम अनुसार बेलायतमा शो गर्न मंगलबार सांझ गायक शिव परियार र गायिका अन्जु पन्त हिथ्रो उत्रिए । नायिका प्रियंका कार्की केही दिनभित्रै आउने कार्यक्रम छ ।
‘यस्तो बेला परिवार छाडेर आउन मनले मानिरहेको थिएन’, सांझ आयोजित प्रेस मिटमा गायिका अन्जु पन्तले भनिन्, ‘तय भइसकेको कार्यक्रम रद्द गर्न पनि असम्भव भएपछि हामी रुंदै लन्डन आएका छौं ।’ साथमा रहेका गायक शिव परियार त्यस्तै विक्षिप्त देखिए । ‘एक वर्षकी छोरी छाडेर यता आएं, चिन्ता परिवार र देशकै छ’, उनको अनुहार मलिन थियो ।
तर, जे हुनु भइसक्यो । तय भइसकेको कार्यक्रमलाई उनीहरुले च्यारिटीमा परिणत गरेर भूकम्प पीडितहरुको सहयोगमा समर्पित गर्ने बताएका छन् । ‘हामी कार्यक्रममार्फत पीडितहरुको सहयोगका लागि आव्हान गर्नेछौं’, परियारले भने, ‘यो दुःखद घडीमा बेलायत बस्ने समस्त नेपालीलाई सहयोगका हात फैलाइ दिन हाम्रो अपिल छ ।’
पत्रकार चिरन शर्माले सञ्चालन गरेको पत्रकार भेटघाटमा आयोजकका तर्फबाट गणेश गुरुङले कार्यक्रमको तयारीबारे जानकारी दिंदै शो च्यारिटीमा केन्द्रित हुने जनाए ।
यसअघि विमानस्थलमा पन्त र परियारलाई शो आयोजक बीजीजेका तर्फबाट वीरेन्द्र खड्का, गणेश गुरुङ, जीवन अधिकारी लगायत सञ्चारकर्मीहरुले स्वागत गरेका थिए । आयोजकले पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा, ९ मेमा ग्रीनफोर्ड टाउन हलमा, १० मेमा फोकस्टोन केन्ट र १७ मेमा ऊलवीचको न्यू वाइन चर्च हलमा हुने जनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो