लन्डन । गत सप्ताहन्तको त्रासदीपूर्ण भूकम्प दिमागबाट अझै हटेको छैन् । यत्रतत्र मृत शरीर, काठमाण्डौं शहर हेर्दाहेर्दै मरुभूमि बनिरहेको र मानिस चिच्याइरहेका दृश्यको मनोवैज्ञानिक ह्यांग ओभर साथै लिएर लन्डन उत्रिएका छन् नेपाली कलाकार ।
पूर्व निर्धारित कार्यक्रम अनुसार बेलायतमा शो गर्न मंगलबार सांझ गायक शिव परियार र गायिका अन्जु पन्त हिथ्रो उत्रिए । नायिका प्रियंका कार्की केही दिनभित्रै आउने कार्यक्रम छ ।
‘यस्तो बेला परिवार छाडेर आउन मनले मानिरहेको थिएन’, सांझ आयोजित प्रेस मिटमा गायिका अन्जु पन्तले भनिन्, ‘तय भइसकेको कार्यक्रम रद्द गर्न पनि असम्भव भएपछि हामी रुंदै लन्डन आएका छौं ।’ साथमा रहेका गायक शिव परियार त्यस्तै विक्षिप्त देखिए । ‘एक वर्षकी छोरी छाडेर यता आएं, चिन्ता परिवार र देशकै छ’, उनको अनुहार मलिन थियो ।
तर, जे हुनु भइसक्यो । तय भइसकेको कार्यक्रमलाई उनीहरुले च्यारिटीमा परिणत गरेर भूकम्प पीडितहरुको सहयोगमा समर्पित गर्ने बताएका छन् । ‘हामी कार्यक्रममार्फत पीडितहरुको सहयोगका लागि आव्हान गर्नेछौं’, परियारले भने, ‘यो दुःखद घडीमा बेलायत बस्ने समस्त नेपालीलाई सहयोगका हात फैलाइ दिन हाम्रो अपिल छ ।’
पत्रकार चिरन शर्माले सञ्चालन गरेको पत्रकार भेटघाटमा आयोजकका तर्फबाट गणेश गुरुङले कार्यक्रमको तयारीबारे जानकारी दिंदै शो च्यारिटीमा केन्द्रित हुने जनाए ।
यसअघि विमानस्थलमा पन्त र परियारलाई शो आयोजक बीजीजेका तर्फबाट वीरेन्द्र खड्का, गणेश गुरुङ, जीवन अधिकारी लगायत सञ्चारकर्मीहरुले स्वागत गरेका थिए । आयोजकले पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा, ९ मेमा ग्रीनफोर्ड टाउन हलमा, १० मेमा फोकस्टोन केन्ट र १७ मेमा ऊलवीचको न्यू वाइन चर्च हलमा हुने जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा