लन्डन । लन्डनको मुटु ट्राफलगर स्क्वायर । विश्वभरका पर्यटकहरुको मुख्य आकर्षण । सधैं रोमाण्टिक माहोलमा रम्ने उक्त केन्द्र मंगलबार सांझ भने आफैं रोइरहे झैं लाग्थ्यो । वातावरण एकदम सन्नाटा, धेरै नेपालीको आंसु पोखिए त्यहां ।
नेपालमा भूकम्पका कारण ज्यान गुमाउनेहरुको स्मृतिमा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको सामूहिक दीप प्रज्वलन कार्यक्रममा स्वतफुर्त करिब ५ हजार सहभागी भएर मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरे । ‘आंखाबाट आंशु थाम्नै सकिन’, कार्यक्रममा पुगेका गैर आवासीय नेपाली संघ, बेलायतका पूर्व अध्यक्ष कुल आचार्यले माहोल सम्झंदै भने, ‘मातृभूमि रुंदा प्रवासमा बस्ने हामी समस्त नेपालीको मन झन् रोएको छ ।’
कार्यक्रमका सहभागी अधिकांश विद्यार्थी र युवा थिए । विकडेजको व्यस्त जागिर तालिका मानिसलाई पर्वाह थिएन । रेल चढेर बेलायतका कुनाकुनाबाट श्रद्धाञ्जलि अर्पण गर्न ओइरिएका थिए नेपाली । लन्डन दूतावासका पदाधिकारीदेखि एनआरएनए यूके र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि स्मृतिसभामा सामेल थिए ।
झन्डै एक घण्टा लामो कार्यक्रमका क्रममा सहभागीले ‘प्रे फर नेपाल’, ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा निकैबेर घन्काए । मृतकहरुको सम्झनामा मौनधारण समेत गरियो । नेपालको राष्ट्रिय गान बज्दा सबैले स्वरमा स्वर मिलाए । त्यस्तै ‘रातो र चन्द्र सूर्य’, ‘म मरेपनि मेरो देश बांचिरहोस्’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीत हजारौं सहभागीले एकसाथ गाइरहंदा लन्डनको केन्द्र ट्राफलगर स्क्वायर मिनी नेपाल बनेको थियो ।
यसैबीच, बेलायती महारानी एलिजावेथले नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई एक शोक सन्देश पठाउंदै भूकम्पले निम्त्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । सन् १९६१ र १९८६ मा दुईपटक नेपाल भ्रमण गरेकी रानीले यूकेका सहायता एजेन्सीहरुले गरेको अपिलमार्फत व्यक्तिगत आर्थिक सहयोग समेत गरेको बेलायती अखवारले जनाएका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता