आइतबार, मंसिर १४ २०७७ | Sun, November 29, 2020
नेपालको समय: २३:०३ | UK Time: 17:18

बेलायतबाट धमाधम राहत सामाग्री पठाइंदै

वीनेपाली
२०७२ वैशाख १५ गते १६:१८

15475_706157022844699_8318247465982964308_n

लन्डन । बेलायतवासी नेपालीहरुले भूकम्प पीडितहरुको राहतका लागि लत्ता कपडा, औषधि र खानेकुरा नेपाल पठाउन सक्रियता देखाएका छन् । नेपाल अर्थक्वेक इमरजेन्सी क्याम्पियन यूके शुरु गरि उनीहरुले अत्यावश्यक सामाग्री संकलनमा जोड दिएका हुन् । हालसम्म दुई लटमा औषधि र खाद्यान्नसहितको करिब ७ सय केजी सामाग्री नेपाल पठाइसकिएको अभियानका प्रमुख संयोजक शिवजी श्रेष्ठले जनाए । उनले राहत सामाग्री काठमाण्डौंमात्र भन्दा दुर्गम ठाउंमा केन्द्रित गरिने उल्लेख गरे । बेजिंगस्टोकका काउन्सिलरहरु र सांसदका उम्मेदवारले समेत राहत सामाग्रीमा सहयोग गरेको श्रेष्ठले जनाए । संकलन कार्य जारी छ ।

यू केयरिंग च्यारिटी मार्फत उनीहरुले करिब ५ हजार पाउण्ड संकलन गरिसकेका छन् भने दश हजार पाउण्ड संकलनको लक्ष्य छ । विपत्तिमा मानवीय सहयोग 
जरुरी रहेको जनाउंदै श्रेष्ठले यसमा अरु कसैले गरिदेला भन्नु भन्दा आफैं अघि सरेको बताए ।

राहत सामाग्री संकलन प्रभावकारी बनाउन एउटा कमिटी समेत बनाइएको छ, जसमा बेलायतभरबाट प्रतिनिधित्न गर्ने व्यक्ति छन् । समितिको टिम कोअर्डिनेटरमा हिराधन राई, सेक्रेटरी कोअर्डिनेटर राजेन्द्र थापा, फाइनान्सियल कोअर्डिनेटर 
रविन सापकोटा, मिडिया कोअर्डिनेटरहरु नवीन पोखरेल र वाचस्पति रेग्मी एवं युथ कोअर्डिनेटरमा मिरुना थापा सुव्वा छिन् ।
त्यसैगरि क्षेत्रीय संयोजकहरु निम्न छन्ः

Nikesh Limbu – 07894037999 (Oxford)

Diwakar Shrestha – 07903078071 (Hayes)
Prabin Busal and Sarita rijal- 07753146000 (Watford)
Rajesh Khatri- 07577483644 (Watford)
Shashi Thapa Subba- Harrow (07535 642676)
Yadav Shrestha- Reading (07412 537655)
Bishnu Maharjan- Glasgow /scotland (07897 213405)
Badri Yongya- Cwmbran, Wales (07809 468010)
Rajan Kshetri-Swindon (07886 793460)
Dr Roshan Bhattarai -Manchester (07988 756784)
Mrs Pratima Joshi- New Castle (07793 055224)
Sher Sunar- Aldershot (07899 704899
Devendra Shrestha- Carleton and plumstead (07786 984834)
Chandra Dev Lohani-Basingstoke and kingston (07949873470)
Sanju Rayamajhi Shrestha -Aldershot- 07738438038
Sumit Goenka Feltham-07984110707

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक