लन्डन । अन्तर्राष्टिय कानुनका ज्ञाता एवं प्राध्यापक डा. सूर्य सुवेदीले नेपालमा गएको विनाशकारी भूकम्प पीडितका लागि ५ लाख रुपैयां सहयोग गरेका छन् । प्रा. सुवदीले गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए, यूके) ले आइतबार आयोजना गरेको पिएचडी होल्डरहरुको भेलामा उक्त सहयोगको घोषणा गरेका हुन् ।
सुवेदी एनआरएनए, यूकेका प्रमुख संरक्षक हुन् । उनले मातृभूमिमा यस्तो विपत्ति पर्दा प्रवासमा बस्ने नेपालीले समेत सहयोगका हात फैलाउनु प्रमुख दायित्व हुने बताए ।
बेलायतबाट नेपाली दूतावास, हेल्प नेपाल नेटवर्क, एनआरएनए, यूके लगायत
सयौं सामाजिक संघसंस्था र व्यक्तिबाट राहत सामाग्री तथा आर्थिक सहयोग
संकलनले तीव्रता पाएको छ । एनआरएनए, यूकेले एक करोड रुपैयांभन्दा बढि
रकम संकलन गरिसकेको छ । पीडितका लागि नेपाली समाजमा कहिल्यै प्रचारप्रसार नखोज्ने एकजना सफल नेपाली व्यवसायी उत्तम नेपाल एक्लैले ५१ लाख रुपैयां दिने अठोट गरेका छन् ।
चन्दा संकलनले तीव्रता पाइरहंदा व्यक्तिगत रुपमा उठाइने रकम पारदर्शी ढंगले पीडित समक्ष पुग्छ पुग्दैन भन्नेमा सर्वत्र चिन्ता छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो