लन्डन । अन्तर्राष्टिय कानुनका ज्ञाता एवं प्राध्यापक डा. सूर्य सुवेदीले नेपालमा गएको विनाशकारी भूकम्प पीडितका लागि ५ लाख रुपैयां सहयोग गरेका छन् । प्रा. सुवदीले गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए, यूके) ले आइतबार आयोजना गरेको पिएचडी होल्डरहरुको भेलामा उक्त सहयोगको घोषणा गरेका हुन् ।
सुवेदी एनआरएनए, यूकेका प्रमुख संरक्षक हुन् । उनले मातृभूमिमा यस्तो विपत्ति पर्दा प्रवासमा बस्ने नेपालीले समेत सहयोगका हात फैलाउनु प्रमुख दायित्व हुने बताए ।
बेलायतबाट नेपाली दूतावास, हेल्प नेपाल नेटवर्क, एनआरएनए, यूके लगायत 
सयौं सामाजिक संघसंस्था र व्यक्तिबाट राहत सामाग्री तथा आर्थिक सहयोग 
संकलनले तीव्रता पाएको छ । एनआरएनए, यूकेले एक करोड रुपैयांभन्दा बढि 
रकम संकलन गरिसकेको छ । पीडितका लागि नेपाली समाजमा कहिल्यै प्रचारप्रसार नखोज्ने एकजना सफल नेपाली व्यवसायी उत्तम नेपाल एक्लैले ५१ लाख रुपैयां दिने अठोट गरेका छन् ।
चन्दा संकलनले तीव्रता पाइरहंदा व्यक्तिगत रुपमा उठाइने रकम पारदर्शी ढंगले पीडित समक्ष पुग्छ पुग्दैन भन्नेमा सर्वत्र चिन्ता छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य