लन्डन । विनाशकारी भूकम्पले आक्रान्त नेपालमा पीडितहरुको उद्दार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायको उपस्थिति आकासिएको छ । विशेषगरि, बेलायतले मानवीय सहायता तीव्र पारेको छ । बेलायतले आइतबारमात्रै करिब ८० करोड रुपैयां सहयोग गर्ने घोषणा गरेको छ भने सोमबार सांझ क्वीन्स गोरखा इन्जिनियर्सबाट ३१ जनाको टोली उद्दारका लागि नेपाल पठाएको छ । कर्पोरल लाल रानाका अनुसार, गोर्खा फिल्ड स्क्वाडनका कमिसन अफिसर मेजर हेनरीको नेतृत्वमा सो टोली नेपाल गएको हो ।
यस अतिरिक्त रसमोर फायर स्टेशन वाच म्यानेजर साइमन फोर्सटरसहित ह्याम्पसायरस्थित दश अग्नी नियन्त्रक सम्मिलित टोली उद्दारका लागि आइतबार नेपाल प्रस्थान गरेको गेट ह्याम्पसायर न्यूजले जनाएको छ । डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिएफआइडी) टाक्स फोर्सको अंगका रुपमा उद्दारका लागि टोली प्रस्थान गरेको हो । तालिमप्राप्त चारवटा कुकुर, औषधि, ११ टन सामाग्री (टर्च, करौंती, डोरी, क्यामेरा, स्ट्रेचर, टेन्ट आदि) र विदेश मन्त्रालयका अधिकारीहरु समेत नेपाल गएका बताइएको छ । ह्याम्पसायर फायर एण्ड रेस्क्यू सर्भिस्का डेपुटी चिफ अफिसर निल ओडिनले नेपालमा सहायता दिन पाउंदा गर्व लागेको भन्दै ट्वीट गरेका छन् । उता, लिसा मे फाउण्डेशन नामक च्यारिटीले दशजना चिकित्सक नेपाल पठाउने भएको छ ।
नेपालीको अत्यधिक बसोवास रहेको रसमोर बरोमा राहत सामाग्री र आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ । करिब १० हजार नेपाली वसोवास गर्ने ठानिएको उक्त बरोका सर्रे र ह्याम्पसायरमा आर्थिक सहयोग संकलन जारी छ । रसमोर बरो काउन्सिलका प्रमुख कार्यकारी एन्ड्रियु लोयडले कोष अभिवृद्धि अभियानका लागि काउन्सिलले राहत सामाग्री छिटो र प्रभावकारी ढंगले पठाउन आफ्ना साझेदार संस्थाहरुसंग समन्वय गरिरहेको जनाए । उनले गोर्खा वेलफेयर ट्रष्ट, नया युवा समूह र रोटरी जस्ता निकायसंग नजिकबाट काम गरिरहेको पनि उल्लेख गरे । लोयडले नेपालको विपत्तिले आफू दुःखी भएको जनाउंदै रसमोरवासी नेपाली आफ्नो परिवार र आफन्तजनले भोगेको पीडाले आक्रान्त भएका बताए ।
यसैबीच, नर्थक्याम्प मेथोडिष्ट चर्चमा मृतात्माको सम्झनामा मैनवत्ती प्रज्वलन गरि श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा