लन्डन । नेपालमा भूकम्प पीडितहरुको उद्दारका लागि लन्डनवासी गायक विवेक श्रेष्ठ आज सांझ नेपाल उड्ने भएका छन् । भूकम्पले समस्त देश र जनता रोइरहेका बेला पीडितहरुको घाउमा मल्हम लगाउन उनी नेपाल जान लागेका हुन् । ‘मातृभूमि रोइरहंदा मेरो मन पनि थाम्नै सकेन’, श्रेष्ठले वीनेपालीसंग भने, ‘गएर आफूले सकेको मानवीय सहायता गर्छु ।’
बेलायतमा दर्ता भएको एउटा च्यारिटी संस्था स्किल्स् एण्ड केयरका निर्देशक श्रेष्ठले त्यही च्यारिटीको प्रतिनिधित्व गर्नेछन् । श्रेष्ठले उद्दार तथा सहायता काठमाण्डौं केन्द्रित भएको गुनासो गर्दै आफ्नो टोली सकेसम्म जिल्लामा जाने बताए । उनले बेलायतबाट पठाइएका राहत सामाग्री वितरणको संयोजन समेत गर्नेछन् । श्रेष्ठलाई नेपालमा ९८१३५८३५५० मा सम्पर्क गर्न सकिनेछ ।
स्किल्स् एण्ड केयरले बेलायतमा राहत सामाग्री र आर्थिक सहयोग समेत संकलन गरिरहेको छ । उक्त च्यारिटीका अर्का निर्देशक फत्त थापाले यहांबाट त्यसको संयोजन गरिरहेका छन् । श्रेष्ठले संकलित लत्ता कपडा स्टोर गर्नका लागि स्थानीय काउन्सिलले महिना दिनसम्म टाउन हल निःशुल्क उपलव्ध गराएको समेत जनाए ।
श्रेष्ठका साथमा नेपाली नर्सहरुको टोली समेत रहनेछ । नेपलिज नर्सेस् एसोसिएसन यूकेले उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा बेल्वासेलाई नेपाल पठाउने निर्णय गरेको थियो । नेपाली चिकित्सकहरुको टोली समेत छिट्टै नेपाल जाने अपेक्षा छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा