लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेले नेपालको महाभूकम्प पीडितहरुको सहयोगका लागि सबैमा अपिल गरेको छ । अध्यक्ष कृष्ण तिमिल्सिनाले एक अपिल जारी गर्दै यस्तो विपत्तिमा बेलायतवासी नेपालीलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका हुन् ।
एसोसिएसनले आर्थिक तथा राहत सामाग्री अभियान समेत शुरु गरेको छ । उसले सहयोग गर्न इच्छुक चन्दादातालाई निम्न बैंक खातामा रकम जम्मा गर्न पनि अनुरोध गरेको छ ।
बैंक विवरण:
NCA UK
Sort code 40-22-30 A/C no 31471287
HSBC BANK
यसैबीच, एसोसिएसन अध्यक्ष कृष्ण तिमिल्सिनाले आफ्नो एक महिनाको तलव करिब ५ लाख १५ हजार रुपैयां पीडितलाई दिने घोषणा गरेका छन् । उनले आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित आकष्मिक भेलामा उक्त आर्थिक सहयोग गर्ने वचन दिएका हुन् । साथै, तिमिल्सिनाले दूतावास अथवा अन्य निकायको पहलमा नेपाल जाने उद्दार टोली भए आफू संलग्न भएर दुई सातासम्म स्वयंसेवक भइ उद्दारमा खटिने उद्घोष समेत गरेका छन् ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य