लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेले नेपालको महाभूकम्प पीडितहरुको सहयोगका लागि सबैमा अपिल गरेको छ । अध्यक्ष कृष्ण तिमिल्सिनाले एक अपिल जारी गर्दै यस्तो विपत्तिमा बेलायतवासी नेपालीलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका हुन् ।
एसोसिएसनले आर्थिक तथा राहत सामाग्री अभियान समेत शुरु गरेको छ । उसले सहयोग गर्न इच्छुक चन्दादातालाई निम्न बैंक खातामा रकम जम्मा गर्न पनि अनुरोध गरेको छ ।
बैंक विवरण:
NCA UK
Sort code 40-22-30 A/C no 31471287
HSBC BANK
यसैबीच, एसोसिएसन अध्यक्ष कृष्ण तिमिल्सिनाले आफ्नो एक महिनाको तलव करिब ५ लाख १५ हजार रुपैयां पीडितलाई दिने घोषणा गरेका छन् । उनले आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित आकष्मिक भेलामा उक्त आर्थिक सहयोग गर्ने वचन दिएका हुन् । साथै, तिमिल्सिनाले दूतावास अथवा अन्य निकायको पहलमा नेपाल जाने उद्दार टोली भए आफू संलग्न भएर दुई सातासम्म स्वयंसेवक भइ उद्दारमा खटिने उद्घोष समेत गरेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?