
लण्डन । नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा लण्डन म्याराथन पूरा गरेकी छिन् ।
विश्वका ठूला म्याराथनमध्ये एक मानिने भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहमा भाग लिएकी कल्पनाको दौड पूरा गरेको आधिकारिक समय ४ घण्टा ३९ मिनेट ५२ रहेको आयोजक भर्जिन म्याराथनले जनाएको छ ।
आइतबार लण्डनमा सम्पन्न सो म्याराथनमा करिब ३८ हजारले भाग लिएको बीबीसीले जनाएको छ ।
एक्जिटर विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षिया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन् ।
४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, “थकाइ पनि लागेको छ, खुशी पनि लागेको छ ।” म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन् । दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिँदा १८ माइल दौडेको उनले थाहै पाइनन् । त्यसपछि भने थाक्दै गएको अनुभव उनले गरिन् ।
तयारीका क्रममा साथीहरुसित ३५/३६ किलोमिटर दौडेकी उनलाई हजारौँ धावकहरुका बीचमा दौड्दा अलि फरक महसुस भयो । “दायाँ-बायाँ अघि-पछि सबैतिर दौड्नेहरु, अलि अगाडि जाउँ भन्दा पनि मान्छे नै मान्छे । अलि फोकस गर्न मलाई गाह्रो भयो” उनले भनिन् ।
५ घण्टामा दौड पूरा गर्ने उनको योजना थियो । त्यसभन्दा २० मिनेट अगावै दौड पूरा गरेकोमा उनी खुशी छिन् । त्यससँगै २ हजार पाउण्ड सहयोग उठाउने उनको लक्ष्यमा १ हजार ७४८ पाउण्ड उठाउन उनी सफल भएकी छिन् ।
छोरीले सकुशल म्याराथन पूरा गरेपछि पिता विश्वासदीप तिगेला पनि प्रशन्न छन् । “युनिभर्सिटीमा अर्को हप्तादेखि परीक्षा शुरु हुँदैछ कतै घाइते भैदियो भने पढाइमा असर पर्छ भन्ने पीर थियो” उनले भने ।
नेपालको राजनीति र अर्थनीतिमा असाध्यै रुचि राख्ने कल्पनालाई म्याराथनको अघिल्लो दिनमात्र नेपालमा गएको भुकम्पले झनै दुःखी बनायो । तैपनि उनले दौड पूरा गरेरै छाड्ने अठोट परिवर्तन गरिनन् ।
अर्को वर्ष पनि म्याराथन दौडने कि भन्ने प्रश्नमा उनले भनिन्, “युनिभर्सिटीमा पहिलो वर्ष पढाइमा त्यति समय दिन नपर्ने भएकाले यो साल दौड्न पाएँ । अर्को वर्षदेखि पढाइको चाप बढ्छ । त्यसैले अर्को साल त भन्न सक्दिनँ तर भविष्यमा कुनै दिन फेरि दौडौँला ।”
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ