एनआरएन पिएचडी भेलामा ८६ लाखको प्रतिवद्धता, नेपाल एक्लैले ५१ लाख

nrnlogo

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए, यूके) को आइतबार आयोजित पिएचडी भेलामा नेपालको महाभूकम्प पीडितहरुका लागि एकै दिन ८६ लाख रुपैयां दिने प्रतिवद्दता भएको छ । बेलायतबाट पिएचडी गरेका तथा नेपालमा गरेर हाल यहां बसोवास गरिरहेका विद्यावारिधी (पिएचडी होल्डर) हरुको उक्त भेलाका सहभागीले आजमात्रै ८६ लाख दिने वचन दिएको अध्यक्ष महेन्द्र कंडेलले जनाएका छन् । उक्त कार्यक्रममा गार्मेन्ट व्यवसायी उत्तम नेपाल एक्लैले ५१ लाख रुपैयां सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कंडेलका अनुसार, संस्थाले दुई करोड रुपैयां उठाउने अठोट लिएको छ । संघले चन्दादाताहरुप्रति आभार व्यक्त गर्दै अन्य नेपालीलाई समेत आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

यसअघि लगानीका वा अन्य कार्यक्रममा प्रतिष्ठाकै लागि कतिपयले झट्ट बोलिदिने तर पछि आफ्नो प्रतिवद्धता पुरा नगर्ने आलोचना आउने गरेपनि यसपटक नेपालको त्यस्तो विपत्तिका बेला मानिसले बोलेको रकम सजिलै उठ्ने विश्वास गरिएको छ ।

आज दिउसो ४ बजे लन्डनस्थित नेपाली दूतावासमा हुन गइरहेको सामाजिक संघसंस्थाहरुको भेलामा बेलायतबाट संकलित रकम कसरी प्रभावकारी ढंगले जतिसक्दो छिटो नेपाल पठाउने र पुगे नपुगेको अभिलेख राख्नेबारे छलफल गरिने एनआरएनए यूकेले जनाएको छ ।

पिएचडी भेलाका चन्दादाताहरु

1. UTTAM NEPAL NPR 5100000.00

2.KUL ACHARYA NPR 500000.00

3. PROF DR SURYA SUBEDI NPR 500000.00

4. PROF.DR PADAM SIMKHADA NPR 500000.00

5. MAHENDRA KANDEL 500000.00

6.SURENDRA SHRESTHA AND SOC. 500000.00

7. RAMSARAN SIMKHADA AND SOC. 500000.00

8.BINOD GYWALI 50000.00

9. LALIT NEUPANE NPR 150000.00

10. R K TRIPATHI NPR 50000.00

11.ARJUN KATUWAL NPR 30000.00

12. THAKUR SHARMA NPR 30000.00

13 DR KESHAB BHATTARAI AND DR SANTOSH BHATTRAI NPR 45000.00

14. RUDRA PAUDEL NPR 18750.00

15. DR RAMMANI BHURTEL NPR 45000.00

प्रतिक्रिया

सम्बन्धित सामाग्री